‘महाभोज’मा बचत ठगिएर ज्यान गुमाउने महिलाको भूमिकामै देखिँदैछिन् सहकारी पीडित बसुन्धरा


४ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ १५ बाट प्रदर्शनमा आउने फिल्म ‘महाभोज’मा वरिष्ठ नायिका बसुन्धारा भुसाल विशेष भूमिकामा छिन् ।

देशको वर्तमान समस्या सहकारी ठगीको विषयमा फिल्म बनेको ट्रेलरले प्रष्ट पार्छ ।

‘सहकारीको बचत’ हिनामिना भएपछि उपचार नपाएर बसुन्धारा भुसालले प्राण गुमाएको दृश्य ट्रेलरमा समावेश छ ।

यो दृश्यसँग बसुन्धारा वास्तविक जीवनसँग निकट पनि छिन् । उनको दुई करोडभन्दा बढी बचत सहकारी सिभिल सहकारीले ठगी गरेको छ ।

त्यही सहकारीबाट ठगीमा परेका उनले चिनेका १४ जनाले ‘महाभोज’को कथामा बसुन्धाराले जस्तै ज्यान गुमाएका छन् ।

बसुन्धारले कमलादीस्थित एक फिल्म हलमा आइतबार ट्रेलर रिलिज कार्यक्रममा उनले भनिन्, ‘हाम्रो समूहका १४ जना महिलाको मृत्यु भइसकेको छ । उपचार नपाए उनीहरुले प्राण त्यागे ।’

ठगी र निकट व्यक्तिहरू गुमाएको पीडामा रहेकी बसुन्धाराको जीवनसँग नजिक रहेका घटनामा ‘महाभोज’मा रहनु नै यस फिल्ममा अभिनय गर्नुको प्रमुख कारण हो । कार्यक्रममा उनले यही भनिन् ।

आफू पनि सहकारी पीडित रहेकाले उनले यस फिल्मलाई विशेष मानेकी छन् ।

सहकारी ठगीमा परेर उपचारबाट बञ्चित भए प्राण त्याग गरेको पात्र पनि उनी आफ्नै रोजाइले खेलेकी रहिछन् ।

निर्देशक दिनेश राउतले भने, ‘बसुन्धार म्यामलाई अर्कै पात्रका लागि प्रस्ताव गरेको थिएँ । तर, स्क्रिप्ट पढेपछि उहाँले अर्कै पात्र खेल्छु भन्नुभयो । जसको सहकारी ठगीमा परेर पैसा नुहँदा उपचार नपाएर मृत्यु हुन्छ । उहाँको पात्र ट्रेलर हेर्दा थाहा भइहाल्छ ।’

समस्यामा परेको वा मनोबल कमजोर भएको मान्छेको पक्षमा कोही बोल्यो भने उसको समस्या समाधान नभए पनि ढाडस हुन्छ । ‘महाभोज’लाई उनी सहकारी पीडितको ढाडस मान्छन् ।

बसुन्धरा भन्छिन्, ‘सरकारमा रहेका ठूला व्यक्तिहरुको ढोका ढकढक्याउन हामी पुग्यौँ । तर हामीले न्याया पाएनौं । यो फिल्म म जस्तै दशौं हजार सहकारी पीडितको कथा हो । सम्बन्धित व्यक्तिले हाम्रो समस्या नबोले पनि फिल्मले बोलेको छ ।’

कार्यक्रममा बसुन्धारका आँखा रसाए । ५ दशकभन्दा बढीको कलाकारिता यात्राबाट कमाएको पैसा ठगी हुँदा आफूले आँसु रोक्न नसकेको सुनाइन् ।

भनिन् , ‘कलाकारितामा दुख गरेर कमाएको पैसा फिर्ता नपाउँदै ज्यान गुमाए भने नर्कमा जान्छु जस्तो महसुस भइरहेको छ ।’
उमेरसँगै सिथिल बन्ने क्रममा रहेको शरीरलाई ‘ठगी’को तनावले झन् गलाएको उनले बिलौना गरिन् ।

थपिन्, ‘म ७५ वर्ष पुगेँ । त्यही पैसाको तनावले राति निद्रा लाग्दैन । शरीरमा रोग बढेको बढ्यै छ ।’

आफू जस्ता हजारौं पीडितको आवाज बकेको फिल्म ‘महाभोज’ बनाएकामा उनले निर्देशक राउत र निर्माता हिमाल कडरियाले प्रशंसनीय काम गरेको बताइन् ।

उनले थपिन्, ‘यस्तो समस्याको विषयमा फिल्म बनाउनु हामी हजारौं पीडितको आवाजको पनि सम्बोधन हुनु हो ।’

विकास सुवेदीको लेखन रहेको यो फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मलिका महत, गौमाया गुरुङ र अञ्जना बराइली शीर्ष भूमिकामा छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  ६ : ०२ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र