लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ पक्राउ


२ जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा अवैध लागुऔषध कारोबारी र सेवनकर्ताको बिगबिगी बढेको छ । जिल्ला प्रहरी परिसरले लागुऔषध नियन्त्रण अभियान सुरु गरेसँगै २४ घण्टामा आठ जना कारोबारीलाई पक्राउ गरेको छ ।

विभिन्न जिल्लाबाट भक्तपुर आएर बसोबास गर्नेहरुले यहाँ कारोबार बढाएको र जिल्लावासी युवापुस्तालाई लागुऔषध बिक्री गर्ने गर्दा सेवनकर्तासमेत ह्वात्तै बढेको प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए । उनले प्रहरी वृत्त र प्रहरी परिसरबाट खटिएको टोलीले सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिका क्षेत्रबाट २४ घण्टामा लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको जानकारी दिए ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानका अनुसार पक्राउपर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ घर भई हाल मध्यपुरथिमि–६ सिघिकाली डेरामा बस्ने २३ वर्षीय दिनेश लामा र सर्लाहीको लालबन्दी नगरपालिका–१ घर भई हाल मध्यपुरथिमि सिद्धिकाली बस्ने १८ वर्षीय सागर लामा रहेका छन् ।

प्रहरीले उनीहरू बस्दै आएको कोठामा छापामारी लागुऔषध ट्रमेनिल ४५१ थान, निटजिकेयर एक हजार १९० थान, निटरभेट ७२ थान, गाँजा प्रजातिको पोल्यण्ड नामको लागुऔषध ८४० ग्राम, खैरो हिरोइन ९५० मिलिग्राम, दुई थान मोबाइल र नगद रु सात हजार बरामद गरेको प्रनाउ नेउपानेले जानकारी दिए ।

त्यसैगरी प्रहरीले मध्यपुरथिमि–९ बोडे बस्दै आएका खोटाङको ऐँसेलुखर्क गाउँपालिका–८ घर भएका २५ वर्षीय स्वदेश राई, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका घर भएका २९ वर्षीय छिरिङ लामा, मध्यपुरथिमि–९ बोडेका २५ वर्षीय अमीर बस्नेत, मध्यपुरथिमि–७ धुञ्चेपाखाका २१ वर्षीय नेस्नल भन्ने सम्राट राई र सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा बस्ने २७ वर्षीय विकास लामालाई पनि पक्राउ गरेको छ ।

उनीहरूलाई मध्यपुरथिमिको बोडे बस्ने स्वदेश राईको कोठाबाट पक्राउ गरिएको जानकारी दिँदै प्रहरीले उनीहरूको साथबाट लागुऔषध इपेस्पेन ४५० पिस, ट्रामाडोल १८० थान, स्टेगा १७३ थान, पोलाण्ड ४६६ थान, नगद रु पाँच हजार र मोबाइल तीन थान बरामद गरेको छ । प्रहरीले शुक्रबार उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी लागुऔषध कसुरमा थप अनुसन्धान एवं कारबाही अगाडि बढाएको छ ।

त्यस्तै सूर्यविनायक नगरपालिका–२ बालकोटबाट नुवाकोटको ककनी गाउँपालिका–२ ओखरपौवा घर भई बालकोट डेरा गरी बस्ने ३७ वर्षीय हरिनाथ कोइरालालाई उनकै डेरा कोठाबाट एक ग्राम ३२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक नेउपानेले जानकारी दिए । लागुऔषध कसुरमा म्याद थपगरी अनुसन्धान कार्य भइरहेको उनको भनाइ छ ।

– रासस

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  ४ : ४१ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र