बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए « Khabarhub

बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जानकी– जिल्लामा यो वर्ष ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिएका छन् । यो वर्ष गरिएको चरा गणनाको नतिजा अनुसार उक्त सङ्ख्यामा जलचर चरा भेटिएका हुन् ।

राप्तिसोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ति नदीबाट सुरु गरिएको गणना तथा सर्वेक्षणमा थप ३२ प्रजातिका चरा भेटिएका चरा संरक्षणकर्मी आशिष चौधरीले जानकारी दिए। 

‘जिल्लास्थित राप्ती नदीको कुसुमबाट अगैया क्षेत्र र विभिन्न ताल एवं नदीमा जलचर चराको गणना तथा सर्वेक्षण गर्दा यो वर्ष ३२ प्रजातिका थप चरा भेटिएका हुन्’, उनले भने, ‘अघिल्लो वर्षको तुलनामा यो वर्ष नयाँ चराको सङ्ख्या बढेको छ ।’

चौधरीले कान्तितालमा हिउँदे आगन्तुक पानी चरा २० प्रजाति र जिल्लाभरि ३२ प्रजातिका भेटिएका जानकारी दिए । जलचरा संरक्षणका लागि सिमसार नदीनालाको संरक्षण र अन्य पूर्वाधार व्यवस्थापन प्रभावकारी बनाउन सके चराको सङ्ख्या थप वृद्धि हुने उनको भनाइ छ ।

चराविद् राम शाहीले पानी चराको वासस्थान र संरक्षणको अवस्थाका बारेमा विस्तृतमा सूचना तथा जानकारी प्राप्त हुने भएकाले चरा गणना गरिएको बताए । उनले बाँकेको राप्तीनदी तटिय क्षेत्र, सुतैया ताल, कान्तितालमा सिलसिले हाँस र जल कौवासँगै अन्य वकुला प्रजातिका चराका लागि वासस्थान सुरक्षित रहेको जानकारी दिए । 

‘जलमा बस्ने चरा प्रजाति सुरक्षित तब हुन्छन् जब उनीहरूले बास गर्ने जलाशय सफा र स्वच्छ हुन्छ’, शाहीले भने, ‘यो वर्ष अघिल्लो वर्षको तुलनामा तालतलैया सफा भएकाले सिलसिले हाँस र जल कौवाको सङ्ख्या बढेको हो ।’ ती चखेवासहित साइबेरियन र रसियाबाट नेपाल फर्केका चरा रहेका उनले जानकारी दिए ।  

डिभिजन वन कार्यालय बाँकेका प्रमुख डिभिजन वन अधिकृत शङ्करप्रसाद गुप्ताले जलचर चराहरूको गणनाबाट यो वर्ष थप ३२ चरा प्रजातिका चराको सङ्ख्यामा वृद्धि भएको बताए । 

चराको मुख्य बासस्थानका रूपमा रहेको राप्तीनदी र कान्तिताललगायत जलाशय क्षेत्रमा मानवीय गतिविधि र प्रदूषण रोकथान गरेसँगै सङ्ख्या वृद्धि भएको उनको भनाइ छ । कान्तिताल महत्त्वपूर्ण सिमसार भएको बताउँदै चरा संरक्षण क्षेत्रका रूपमा यसलाई विकसित गर्नुपर्नेमा उनले जोड दिए । 

बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दिप पङ्गेनीले यो वर्षको हिउँदे मौसममा गरिएको चरा गणना र सर्वेक्षणमा नयाँ र चाख लाग्दा चरा भेटिएका बताए । उनले राप्तीनदीको आसपास क्षेत्र, स्थानीय वन, कान्तिताल र सुतैया तालमा आगामी वर्ष चराको सङ्ख्या वृद्धि गर्न उनीहरूको वासस्थानलाई सफा र सुरक्षित राख्न विशेष योजना बनाइने जानकारी दिए । 

बर्सेनि हुने सर्वेक्षण तथा गणनाबाट चराको वासस्थान व्यवस्थापनका लागि अपनाउनुपर्ने उपायका बारेमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । बर्दियामा पनि चराको सर्वेक्षण तथा गणना सकिएको छ । रैथाने चराको गणना हुन बाँकी रहेको चरा संरक्षणकर्मी चौधरीले बताए । 
 

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ४ : ३३ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम