पत्नी अञ्जला धरौटीमा छुटेको भोलिपल्ट पक्राउ परे ऋषिकेशका स्वकीय सचिव


२५ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- संसद्‍को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल ठगी आरोपमा विराटनगरबाट पक्राउ परेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले पोखरेललाई आज विहान विराटनगरबाट पक्राउ गरिएको बताएका छन् ।

सभापति पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध अदालतले पक्राउ पुर्जी जरी गरेर प्रहरीलाई अनुमति दिएको थियो। त्यही आदेशअनुसार मोरङ प्रहरीले अनिललाई खोजी गरिरहेको थियो ।

नेकपा एमालेका मोरङ जिल्ला सदस्य समेत रहेका अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

त्यही मुद्दामा अनुसन्धानको लागि प्रहरीले पक्राउ पुर्जीको अनुमति अदालतमा माग गरेको थियो । सोमबार दिउँसो पक्राउको लागि अदालतले अनुमति दिएको थियो।

वरिष्ठ कृषिप्रसार अधिकृतबाट अवकाशप्राप्त सप्तरी घर भएका बैआलाल चौधरीकी छोरीलाई एमबीबीएसमा नाम निकालिदिने भनेर पोखरेलले २०७१ देखि ०७३ बीचमा पटक पटक ३८ लाख ८० हजार रुपैयाँ चेकमार्फत पैसा लिएका थिए ।

उक्त रकम लिएपछि चेकको अर्धकट्टीमा हस्ताक्षर गरेर बैआलालकी छोरीलाई नाम निकाल्ने जिम्मा उनले लिएका थिए।

छोरीको नाम एमबीबीएसमा ननिस्केपछि पैसा फिर्ता माग्दा उल्टै अनिलले २०७४ असार २५ गते आइतबारको मिति राखेर कपाली लिखतमा ऋणी बनाई ५० लाख रुपैयाँको कागज बनाएर जबरजस्ती हस्ताक्षर गराएका थिए ।

त्यसपछि बौआलाल ५० लाख ऋणको लिखत बदर गरी आफ्नो ३८ लाख ८० हजार रकम फिर्ता गराइदिन र अनिलमाथि कानुनी कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय रंगेली पुगे ।

प्रहरीले निवेदन दर्ता गर्न अस्वीकार गर्‍यो । त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय मोरङ पुगे, त्यहाँ पनि जाहेरी दर्ता भएन ।

बौआलाल जिल्ला सरकारी वकिलको कार्यालय पुग्दा पनि जाहेरी दर्ताका लागि प्रहरीलाई आदेश दिइएन । बौआलालले २०७९ साउन १८ मा जाहेरी हुलाकबाट प्रहरीलाई पठाए ।

प्रहरीले हुलाकबाट आएको पत्र बुझेपछि ठगीमा अनुसन्धान अगाडि बढाइएन । त्यसपछि बौआलाल अनिलमाथि ठगीमा अनुसन्धान गर्नका लागि प्रहरी र वकिल कार्यालयका नाममा परमादेश जारी गरिपाऊँ भनेर उच्च अदालत पुगेका हुन् ।

उच्च अदालतका न्यायाधीश द्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथ प्रकाश अधिकारीको इजलासले भदौ ३१ गते अनिलविरुद्ध जाहेरी दर्ता गरी कानुन अनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको छ ।

आदेशको पुस ११ गते प्रमाणीकरण भएको छ । प्रमाणीकरण भएपछि अदालतले गरेको फैसलाको पूर्ण पाठसहितको जानकारी प्रहरीमा पुगेपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ११ : ४७ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र