ट्युनिसियामा डुङ्गा पल्टिँदा २७ आप्रवासीको मृत्यु, ८३ को उद्धार « Khabarhub

ट्युनिसियामा डुङ्गा पल्टिँदा २७ आप्रवासीको मृत्यु, ८३ को उद्धार


१८ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मध्य ट्युनिसियामा दुई डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित २७ आप्रवासीको मृत्यु भएको छ भने ८३ जनाको उद्धार गरिएको अधिकारीले बिहीबार एएफपीलाई जानकारी दिएका छन् ।

मध्य ट्युनिसियाको केर्केन्ना टापुमा फेला परेका उद्धार गरिएका र मृत यात्रुहरू युरोप पुग्ने लक्ष्यमा रहेको र उनीहरू सबै उपसहारा अफ्रिकी मुलुकका रहेको स्फ्याक्स शहरका नागरिक सुरक्षा प्रमुख जिद दिरीले जानकारी दिए ।

ट्युनिसियाली नेसनल गार्डका अनुसार अन्य सम्भावित हराइरहेका यात्रुको खोजी कार्य जारी छ । ट्युनिसिया अनियमित आप्रवासीहरूको लागि यूरोप छिर्ने एक प्रमुख प्रस्थान बिन्दु हो । 

ट्यूनिसियाको बाटो इटाली हुँदै युरोप पुग्न चाहने आप्रबासी सङ्ख्या अत्यधिक रहने गरेको छ । इटालीको लाम्पेडुसा टापु ट्युनिसियाबाट केवल १५० किलोमिटर (९० माइल) टाढा छ।

प्रत्येक वर्ष, दशौं हजार मानिसहरू खतरनाक भूमध्यसागरीय मार्ग हुँदै युरोप छिर्ने गर्छन् र यात्राका लागि डुङ्गाको साहरा लिने र खराब मौसमको पनि बेवास्ता गर्ने गर्छन् । यस्ता यात्राले सामुद्रिक क्षेत्रमा उनीहरूले अकालमा ज्यान गुमाउने गरेका पाइन्छ । 

गत डिसेम्बर १८ मा सब–सहारा अफ्रिकाका कम्तीमा २० आप्रवासीको स्फ्याक्स सहरमा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएको थियो भने अन्य पाँच जना बेपत्ता भएका थिए।

यसअघि डिसेम्बर १२ मा कोस्टगार्डले स्फ्याक्सको उत्तरमा रहेको जेबेनियाना नजिकै २७ जना अफ्रिकी आप्रवासीको उद्धार गरेको थियो।

यस वर्षको सुरुदेखि नै ट्युनिसियाली मानव अधिकार समूह एफटीडीईएसले ट्युनिसियामा पानीजहाज दुर्घटनामा मारिएका वा बेपत्ता भएका ‘६०० देखि ७००’ आप्रवासीहरूको गणना गरेको छ। सन् २०२३ मा एक हजार ३०० भन्दा बढी आप्रवासीको हताहत ९मृत्यु वा बेपत्ता० भएको थियो ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ६ : ४१ बजे

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको