प्रदर्शनअघि नै पीटीआईका ३५ कार्यकर्ता पक्राउ « Khabarhub

प्रदर्शनअघि नै पीटीआईका ३५ कार्यकर्ता पक्राउ


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अक्टोबर १५ मा हुने पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) को प्रदर्शनअघि नै लोहोर प्रहरीले सहरका विभिन्न भागबाट ३५ भन्दा बढी पिटिआईका कार्यकर्तालाई पक्राउ गरेको एआरवाई न्युजले बताएको छ । 

पञ्जाब प्रहरीले डिफेन्स, कोट लखपत र जोहर टाउनलगायत धेरै क्षेत्रमा छापा मारी पीटीआई प्रदर्शन आयोजना गर्न संलग्न भएको विश्वास गरिएका व्यक्तिहरूलाई लक्षित गरेको छ । पाकिस्तानले अक्टोबर १५ र १६ मा साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलन आयोजना गर्ने भएकाले प्रहरी कारबाही कानून व्यवस्था कायम राख्ने र कुनै पनि अवरोध रोक्ने हिस्सा हो । 

इमरान खानले स्थापना गरेको पीटीआईको नेतृत्वले अक्टोबर १५ मा राजनीतिक गुनासोहरूका बारेमा आवाज उठाउने प्रदर्शन गर्ने घोषणा गरेको छ । यसबाट खानको पार्टी र कानून कार्यान्वयन निकायहरूबीच तनाव उत्पन्न भएको छ । उक्त दिन इस्लामावादमा हुने एससीओ शिखर सम्मेलनको पहिलो दिन हो । 

घटनाक्रमलाई ध्यानमा राख्दै प्रहरी अधिकारीहरूले सार्वजनिक सुरक्षा सुनिश्चित गर्दै मानिसहरूको प्रदर्शन गर्ने अधिकारको सम्मान गर्ने प्रतिबद्धता जनाएको एआरवाई न्युजले बताएको छ । 

पिटिआईले गत साता आफ्नो राजनीतिक समितिको बैठकपछि प्रदर्शनको घोषणा गरेपछि प्रहरीको कारबाही आएको हो । सामाजिक सञ्जाल एक्समा पीटीआई केन्द्रीय सूचना सचिव शेख वकास अकरमले अक्टोबर १५ मा इस्लामाबादको डि–चौकीमा ‘शक्तिशाली’ प्रदर्शन हुने बताएका थिए । 

उनले पञ्जाबमा पिटिआईका प्रदर्शनहरू रद्द गरिएको र पञ्जाबमा थुनामा राखिएका पीटीआई कार्यकर्ता, नेता र प्रान्तीय विधानसभा सदस्य (एमपिए) लाई रिहा गर्न आह्वान गरेका छन् ।

पिटिआईले सङ्घीय र पञ्जाब सरकारद्वारा गरिएका ‘गैरकानूनी’ छापा र गिरफ्तारीहरू अन्त्य गर्न आह्वान गरेको छ । शेख वकास अकरमले सरकारका कार्यले पिटीआई अध्यक्षको जीवन खतरामा परेको र यसले उनलाई आधारभूत मानवअधिकारबाट ‘वञ्चित’ गरेको बताए।

उनले सरकारलाई दमन र हिंसा गरेको आरोप लगाउँदै पिटीआई पछि नहट्ने बताए। ‘इमरान खानलाई आधारभूत अधिकार, परिवार र पार्टी नेताहरूसँग पहुँच प्रदान नगरिए अक्टोबर १५ मा सम्पूर्ण पाकिस्तान सडकमा उत्रिनेछ’, उनले भने । 

यसैबीच पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले पीटीआईलाई ‘व्यापक राष्ट्रिय हितमा’ अक्टोबर १५ को प्रदर्शन आह्वान फिर्ता लिन आग्रह गरे।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  १ : १० बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम