मार्क्सवादी ज्ञान केन्द्रको अध्यक्षमा पुनः तिमिल्सिना « Khabarhub

मार्क्सवादी ज्ञान केन्द्रको अध्यक्षमा पुनः तिमिल्सिना


१५ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मार्क्सवादी ज्ञान केन्द्रको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः मनहरि तिमिल्सिनाको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

आज सम्पन्न अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा इन्द्रराज भट्टराई, उपाध्यक्षमा रेशमकुमार अधिकारी, महासचिवमा हुमनाथ न्यौपाने, उपमहासचिवमा दुस्यान्त भट्टराई, सचिवमा सागर अधिकारी र कोषाध्यक्षमा राधिका ओझा चयन भएका छन् ।

सदस्यमा भीमप्रसाद सुवेदी, भूपनारायण यादव, त्रिविक्रम ज्ञवाली, सीता कडरिया, टीका ओली, डा शंकर खतिवडा, आस्था घिमिरे, राजुराम सार्की भुल, मीनादेवी नेपाल र लक्ष्मण गुरुङ चयन भएका छन् ।

यस्तै, सभाले ज्ञान केन्द्रका विभाग प्रमुख र प्रदेश अध्यक्षसमेत चयन गरेको छ । अध्यक्ष तिमिल्सिनाले ज्ञान केन्द्रले वैचारिक कामलाई थप सशक्त ढङ्गले अगाडि बढाउने प्रतिबद्धता जनाए। नवनिर्वाचित कार्यसमितिले मार्क्सवादी विचार निर्माणमा महत्वपूर्ण योगदान गर्ने, केन्द्रप्रतिको अपेक्षा तथा भरोसालाई जीवन्त राख्ने क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की नेतृ एवं पूर्वमन्त्री रेखा शर्माले कम्युनिष्ट पार्टीले नयाँ पुस्तालाई गहिरो ढङ्गले राजनीतिकरण गर्न नसकेको, मार्क्सवादी दर्शन तथा वैचारिक रूपमा उभ्याउन नसकिरहेको अवस्थामा ज्ञान केन्द्रको प्रयास निकै सराहनीय रहेको बताए ।

केन्द्रले मार्क्सवादी विचार, राजनीतिक संस्कार, संस्कृतिप्रति आस्थावान् व्यक्तिलाई जोडेर अगाडि बढिरहेकामा उनले खुसी व्यक्त गरे । ‘माक्र्सवादको लक्ष्य हासिल गर्न विचार निर्माण आवश्यक छ । मानिसलाई सचेत बनाउनुपर्ने छ । कम्युनिष्ट आदर्श र दर्शन अनुकूल आचरण तथा व्यवहारका विषयमा सचेत गराउनुपर्ने छ’, उनले भने ‘विज्ञान प्रविधिको विकास र बदलिँदो परिस्थितिअनुसार मार्क्सवाद कस्तो हुने र कसरी ग्रहण गर्ने भन्ने विषयमा एउटा निष्कर्ष निकाल्नुपर्ने छ । यसमा पनि यहाँहरूको भूमिका रहोस् ।’

भेलामा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता प्रमेश हमालले मार्क्सवाद निरन्तर विकास हुँदै गएको सामाजिक विज्ञान भएकाले मार्क्सवादी दर्शनबारे सिकाइको प्रक्रियालाई अझ परिपक्व बनाएर लैजानुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  ७ : १० बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले