यस वर्ष लक्ष्यको आधामात्रै विद्युत् उत्पादन « Khabarhub

यस वर्ष लक्ष्यको आधामात्रै विद्युत् उत्पादन

सरकारले बनाएन ठूला आयोजना, ९०० मेगावाट थप्ने लक्ष्य, उपलब्धि ४६८ मेगावाट



काठमाडौं– चालु आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यको आधामात्रै विद्युत् उत्पादन भएको छ । सरकारले असार मसान्तसम्म थप ९०० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको थियो । तर, लक्ष्यको आधामात्रै विद्युत् उत्पादन भएको हो ।

नेपाल विद्युत् प्राधिकरण (एनईए)का अनुसार गत साउन १ देखि असार २७ सम्म नयाँ २३ जलविद्युत आयोजना सम्पन्न भई थप ४६८ मेगावाट विद्युत उत्पादन भएको छ । जसमध्ये २० मेगावाट विद्युत दुईवटा सोलार आयोजनाबाट उत्पादन भएको हो ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमा सरकारले एनईएबाट प्रवर्द्वित १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी, ४२.५ मेगावाटको सान्जेन आयोजना सम्पन्न गर्ने लक्ष्य किटेको थियो । निजी लगानीबाट प्रवर्द्वित जलविद्युत् र सोलार आयोजना सम्पन्न गरी आर्थिक वर्षभित्र करिब ९०० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थप गर्ने लक्ष्य राखेको थियो ।

तर, सरकारले लिएको लक्ष्यअनुरूप विद्यूत् उत्पादन हुन नसकेको हो । खासगरी, चालु आवभित्रै विद्युतको व्यवसायिक उत्पादन थाल्ने भनिएका जलविद्युत् आयोजना निर्माणमा ढिलाइले लक्ष्य पूरा हुन नसकेको प्राधिकरण स्रोत बताउँछन् ।

सरकारले चालु आवमा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो । तर, उक्त आयोजना निर्माणको अन्तिम चरणमा पुगे पनि व्यवसायिक उत्पादन सुरु नहुँदा वार्षिक विद्युत उत्पादन लक्ष्यमा धक्का लागेको छ ।

१०२ मेगावाटको मध्य भोटेकोशी आयोजनाको निर्माण पनि चालु आवमा सम्पन्न हुन सकेन । ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजना निर्माण पनि चालु आवभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

ती आयोजना निर्माणमा देखिएको ढिलाइले पनि चालु आवको लक्ष्यमा धक्का लाग्न पुगेको प्राधिकरणको दाबी छ । प्राधिकरणका अनुसार सान्जेन जलविद्युत् आयोजनाको सम्पूर्ण निर्माण सम्पन्न भई विद्युत् उत्पादन परीक्षण चरणमा छ ।

त्यस्तै सरकारले चालु आवमा कुल विद्युत उत्पादन ३ हजार मेगावाट ६०० पुग्ने लक्ष्य राखेको थियो । तर, ९०० मेगावाट विद्युत् उत्पादन नहुँदा कुल विद्युत् उत्पादनको लक्ष्य समेत अधुरो हुन पुगेको छ । हालसम्म कुल विद्युत् उत्पादन करिब ३ हजार ३०० मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।

कुन–कुन जलविद्युत् आयोजना बने ?
चालु आवमा २१ वटा जलविद्युत् आयोजना र २ वटा सोलार आयोजना निर्माण सम्पन्न भइ विद्युत् उत्पादन भएका छन् ।

प्राधिकरणका अनुसार, चालु आवमा ०.९७० मेगावाट क्षमताको घट्टेखोला साना जलविद्युत् आयोजना, ५२.४६५ मेगावाटको लिखु–२, १०.३ मेगावाटको तल्लो पिलुवा, ४० मेगावाटको अपर चमेलिया, १०.७ मेगावाटको अपर सानीगाढ, १४ मेगावाटको घारखोला, १४.८ मेगावाटको अपर सान्जेन, ३.२ मेगावाटको गेलुन, ७ मेगावाटको अपर सिउरी, ९.०५ मेगावाटको अपर चेपे, १४.३ मेगावाटको माथिल्लो मैलुङखोला र ७.२७० मेगावाटको यामबलिङ जलविद्युत् आयोजना सम्पन्न भइसकेका छन् ।

त्यस्तै, ७७ मेगावाटको लिखु–१, ७१ मेगावाटको निलगिरीखोला–२ क्यासकेड, ९.७ मेगावाटको अपर इनग्वा खोला, ७.५ मेगावाटको माथिल्लो मिडिम, ५.८ मेगावाटको अपर फेवा, ७३ मेगावाटको मध्य तमोर, ३.५ मेगावाटको सेतीखोला, ४.७ मेगावाटको अपर चिर्खुवा र १२ मेगावाटको दुधकुण्ड खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भइ विद्युत् उत्पादन राष्ट्रिय ग्रीडमा थप भइसकेको छ ।

त्यस्तै, २ वटा सोलार आयोजनाहरू पनि चालु आवमा सम्पन्न भएका छन् । पुरे इनर्जीले प्रवर्द्वन गरेको १० मेगावाटको ब्लक टु सोलार परियोजना र झापा इनर्जीले प्रवर्द्वन गरेको १० मेगावाटको झापा सोलार आयोजना सम्पन्न भइ उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा थप भइसकेको छ ।

विगतमा पनि भएन लक्ष्य पूरा
चालु आवमा मात्र होइन, विगतका वर्षहरूमा पनि विद्युत् उत्पादन हुने लक्ष्य र प्रक्षेपण पूरा हुन सकेको देखिँदैन । गत आर्थिक वर्ष २०७९/०८० मा पनि सरकारले एक हजार मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य राखिएकोमा साढे ६ सय मेगावाट मात्रै बिजुली उत्पादन भइ राष्ट्रिय प्रणालीमा थप भएको थियो ।

यसअघि सरकारले २०७५/०८५ लाई ‘उर्जा विकास दशक’ का रूपमा मनाउने घोषणा गरेको थियो । त्यसअनुसार, तीन वर्षमा ३ हजार मेगावाट र पाँच वर्षमा ५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको थियो ।

सो दीर्घकालीन रणनीतिक योजनाअनुसार २०८० सम्ममा ५ हजार मेगावाट बिजुली उत्पादन थप हुने लक्ष्य पूरा हुन सकेको छैन ।

ऊर्जा विकास दशक कार्यान्वयनको पहिलो वर्ष आव २०७५/७६ मा करिब ५०० मेगावाट बराबर विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको थियो । तर, त्यसवर्ष सरकार र निजी क्षेत्रका आयोजनाबाट ७८ मेगावाट मात्रै बिजुली उत्पादन भएको थियो ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ७ : ०७ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम