कानून निर्माणको रफ्तार बढाउन आवश्यक छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल « Khabarhub

कानून निर्माणको रफ्तार बढाउन आवश्यक छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले कानून निर्माणको काम जुन रफ्तार हुनुपर्ने हो त्यसरी हुन नसकेको बताएका छन् ।

संसदीय अभ्यास, प्रक्रियाको जानकारी एवं प्रभावकारी भूमिकाको लागि सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूसँगको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताए ।

नयाँ संविधान निर्माणसँगै देशमा संघीय शासन प्रणालीको सुरुवात भएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानको कार्यान्वयनका लागि संघीय शासन व्यवस्था अनुसारका थुप्रै ऐन बनाउनु पर्ने काम अझैँ बाँकी रहेको बताए।

‘अहिले कानून निर्माणको आवश्यकता र कानुन निर्माणको जुन रफ्तार छ, यसले ठूलो अन्तर्विरोध पैदा भएको छ,’ अध्यक्ष दाहालले भने, ‘नयाँ संविधान निर्माण भइसकेपछि जुन रफ्तारमा कानून निर्माण हुनुपर्ने हो त्यसरी हुन सकिरहेको छैन। यसतर्फ कानून निर्माणको जिम्मेवारी लिएका सांसद र संघीय संसद् गम्भीर हुनु जरुरी छ।’

समयमै कानुन निर्माण गर्न नसक्दा अन्योल र निराशाको खतरा बढिरहेको भन्दै अध्यक्ष दाहालले देशलाई आवश्यक ऐन कानुन निर्माण गरेर संविधान कार्यान्वयनको कार्यभार पूरा गर्न सबै प्रतिबद्ध र इमानदार हुनुपर्नेमा जोड दिए ।

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रमले संसदीय अभ्यास र प्रक्रिया बुझ्न महत्त्वपूर्ण हुने भन्दै अध्यक्ष दाहालले सिक्ने काम कहिल्यै नसकिने भएकाले यस्ता कार्यक्रमहरू सबैका लागि नियमित सञ्चालन गर्न आवश्यक रहेको बताए ।

कानून निर्माणका विभिन्न चरणहरूबारे सिक्न, विधेयकमा छलफल, संशोधन र कानुनी कार्यमा पोख्त हुन बेला बेलामा यस्ता अन्तरक्रिया, गोष्ठी र छलफल हुनु जरुरी रहेको उनको भनाई थियो।

अभिमुखीकरणमा विधेयक निर्माण प्रक्रिया, विधेयकको संसदीय चरण, संशोधन प्रक्रिया, प्रत्यायोजित व्यवस्थापन र सांसदहरूको भूमिकाका बारेमा संविधानविद् काशीराज दाहालले सहजीकरण गरेका थिए भने राष्ट्रिय सभाका समितिहरू र निगरानी सम्बन्धी कार्यका बारेमा राष्ट्रिय सभाका पूर्व सदस्य राधेश्याम अधिकारी, संघीयता, संघ प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्ध तथा वित्तीय संघीयताबारे राष्ट्रिय सभाका पूर्व सदस्य डा. खिमलाल देवकोटाले प्रस्तुति प्रस्तुत गरेका थिए ।

त्यसैगरी संसदीय मर्यादा र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, संसदमा प्रभावकारी भूमिकाको लागि महिला सांसदहरूको सशक्तिकरणबारे पूर्वसभामुख ओनसरी घर्ती, लैङ्गिक तथा समावेशी मुद्दामा संसद् र संसदीय समितिहरूले खेल्नुपर्ने भूमिकाका विषयमा राष्ट्रिय सभाका निवर्तमान सभापति दिलकुमारी रावल थापा पार्वतीले बोल्ने कार्यक्रम रहेको छ।

त्यस्तै, राष्ट्रिय सभाको संशोधित नियमावली र सभाको प्रभावकारिताबारे राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याल र संघीय संसद् सचिवालय, साङ्गठनिक संरचना र सेवा प्रवाहबारे सचिवालय सचिव सुदर्शन खड्काले जानकारी दिने कार्यक्रम रहेको छ।

संघीय संसद् सचिवालयले आयोजना र जनसंख्या तथा विकासका लागि सांसदहरूको राष्ट्रिय मञ्चको सहकार्यमा भएको १ दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटनका अवसरमा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले स्वागत तथा कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए भने जनसंख्या तथा विकासका लागि सांसदहरूको राष्ट्रिय मञ्चका महासचिव तथा संविधान सभा सदस्य डा. भीष्मनाथ अधिकारीले विषय प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १२ : १७ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम