प्यालेस्टिनी सरकारले अब्बासलाई बुझायो राजीनामा « Khabarhub

प्यालेस्टिनी सरकारले अब्बासलाई बुझायो राजीनामा


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रमल्लाह– गाजाको बदलिँदो वास्तविकतालाई ध्यानमा राख्दै ‘नयाँ राजनीतिक उपायहरू’ आवश्यक रहेको भन्दै कब्जा गरिएको पश्चिम किनारको केही भागमा शासन गर्दै आएको प्यालेस्टिनी सरकारका प्रधानमन्त्री मोहम्मद श्तेयेहले सोमबार आफ्नो सरकारको राजीनामा घोषणा गरेका छन् । 

‘म सरकारको राजीनामा राष्ट्रपति महमुद अब्बासलाई बुझाउँछु’, प्रधानमन्त्री श्तेयेहले भने, ‘यो राजीनामा गाजापट्टीविरुद्ध आक्रामकता र पश्चिम किनार तथा जेरुसेलममा तनावसँग सम्बन्धित घटनाक्रमलाई ध्यानमा राख्दै आएको हो ।’

उनले गत मंगलबार राजीनामा प्रस्ताव गरेको तर सोमबार औपचारिकरूपमा यसलाई ‘लिखितरूपमा’ बुझाउन गइरहेको बताए। 

अक्टोबर ७ मा इजरायल र प्यालेस्टिनी इस्लामी आन्दोलन हमासबीच युद्ध सुरु भएपछि राष्ट्रपति अब्बासले बढ्दो आक्रोशको सामना गर्नुपरेको छ । धेरै मानिसले इजरायली आक्रमण र पश्चिम किनारमा बढ्दो हिंसाको कडा निन्दा नगरेकामा प्यालेस्टिनी राष्ट्रपतिको आलोचना गरेका छन् । 

पश्चिम किनारमा सीमित शक्तिको प्रयोग गर्ने प्यालेस्टिनी नेतृत्व अब्बासको प्यालेस्टिनी प्राधिकरण र गाजामा शासन गर्ने हमासबीच सन् २००७ पछि विभाजित भएको छ । 

अमेरिकालगायत धेरै मुलुकले गाजामा युद्ध समाप्त भएपछि सबै प्यालेस्टिनी क्षेत्रको जिम्मा लिने सुधारिएको प्यालेस्टिनी प्राधिकरणको आह्वान गरेपछि पश्चिम किनारमा सरकारको राजीनामा आएको हो । 

श्तेयेहले राजीनामा घोषणा गर्दै एक संक्षित भाषणमा भने, ‘अर्को चरण र यसका चुनौतीहरूका लागि गाजापट्टीमा नयाँ वास्तविकतालाई ध्यानमा राख्ने गरी नयाँ सरकारी र राजनीतिक उपायहरूको आवश्यकता छ ।’ उनले अन्तर–प्यालेस्टिनी सहमति र ‘प्यालेस्टिनको सम्पूर्ण भूमिमा (प्यालेस्टिनी) प्राधिकरणको शासन विस्तार’ का लागि आह्वान गरे। 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ४ : १५ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम