श्रीलंकाको पुनर्वास केन्द्रबाट ४० कैदी फरार « Khabarhub

श्रीलंकाको पुनर्वास केन्द्रबाट ४० कैदी फरार


११ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाको उत्तर मध्य प्रान्तको काणाकादु उपचार तथा पुनर्वास केन्द्रबाट बुधबार राति करिब ४० जना कैदीहरू भागेको पुनर्वास आयुक्त जनरल दर्शना हेट्टियाराचीले बताइन् ।

कैदीहरू दुर्व्यसनीहरूको दुई समूहबीचको झडपपछि भागेको हेट्टियाराचीले सञ्चारमाध्यमलाई बताइन् । 

प्रहरीले झडपलाई नियन्त्रणमा लिएको तथा भाग्नेहरूलाई पक्राउ गर्नका लागि खोजी अभियान सुरु गरेको उनले बताए ।

यस्तै जनवरी १२ मा ६० जनाभन्दा बढी कैदीहरू केन्द्रबाट भागेका थिए ।

न्याय, कारागार मामिला तथा संवैधानिक सुधार मन्त्री विजयदास राजापाक्षेले काणाकादुको व्यवस्थापन परिवर्तन गर्न आवश्यक कदम चाल्ने बताए।  

डिसेम्बर २०२३  मा पनि दुई समूहबीचको झडपको क्रममा १३० भन्दा बढी कैदीहरू जेलबाट भागेका थिए । 

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ५ : ३४ बजे

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने