पानीमा आश्रित चराको गणना सम्पन्न « Khabarhub

पानीमा आश्रित चराको गणना सम्पन्न


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पानीमा आश्रित चराको गणना चितवनमा सम्पन्न भएको छ । 

बसाइ सराइ गरी नेपाल आउने पानीमा आश्रित चराको गणना चितवन राष्ट्रिय निकुञ्जको कसराको पूर्व क्षेत्र र पश्चिम क्षेत्रमा विभाजन गरेर राप्ती नदी नारायणी नदी र बिभिन्न ताल तलैयाहरुमा गरिएको बर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष टिकाराम गिरीले बताए । 

उक्त चरा गणनामा चराबिज्ञहरुको विभिन्न टोली बनाएर गरिएको थियो । जनवरी ७ देखि भएको चरा गणनाले चितवनको पूर्वी क्षेत्रमा पानी आश्रित ५३ प्रजातिका चरा भेटिएको उनले बताए । पूर्वी चितवनको लोथरको गैडहवा जिन्दगानी घाट देखि पटना तालसम्म गरिएको थियो चरा गणना कै क्रममा चितवन राष्ट्रिय निकुञ्जको कसरा पुल देखि पश्चिम क्षेत्रमा ६१ प्रजातिको पानी चरा भेटिएको छ ।

चरा गणना दिव्यनगर राप्ती नदी गोला घाट माडीको बगई देखि रिउ नदीको दोभान सम्म गरिएको पश्चिम क्षेत्रका टोली प्रमुख मनिष कुमार लिम्मुले बताए। जस मध्य पानी हास चेखेवाको सख्या सबै भन्दा धेरै रहेको पाइएको छ भने जलकौवा  खोया हास लक्ष्मण सारस र भुँडीफोर गरुड लगायतका करिब १४ हजार पानीमा आश्रित चरा भेटिएको लिम्बुले बताए । 

गणनाको क्रममा गत वर्ष नभेटिएका ४ प्रजाति चरा पूर्वी क्षेत्रमा भेटिएको छ । तिलहरी चरा मसिनो ठुडे टिमटिमा नादुन हास र चित्रांगद गत वर्ष भेटिएको थिएन । पानीमा आश्रित चराको गणना सन् १९८७ देखि नेपाल लगायत दक्षिण पूर्व एसियाको ३५ देशमा प्रत्येक वर्षको जनवरी महिनामा एकै साथ गरिदै आएको छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ६ : ०० बजे

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा

जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य गरौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य विपद्

स्याङ्जामा फस्टाउँदै फूलखेती

वालिङ – पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या