भारतका विदेशमन्त्री जयशंकरको नेपाल भ्रमण : आजै स्वदेश फर्किने « Khabarhub

भारतका विदेशमन्त्री जयशंकरको नेपाल भ्रमण : आजै स्वदेश फर्किने


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आएका भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर शुक्रबारसमेत भेटवार्ता र कार्यक्रममा व्यस्त हुनेछन्।

नेपाल भ्रमणको पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली माधवकुमार नेपाल, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग भेटवार्ता गरिसकेका छन्।

शुक्रबार साँझ उनले मधेस केन्द्रित तीन दलका शीर्ष नेतासँगसमेत भेटवार्ता गरिसकेका छन्।

उनले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतसँग भेट गरेका हुन्।

जयशङ्करले शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र भूकम्पपछिका पुनःनिर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। दुई दिने भ्रमण सकेर उनी आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल र भारतका चार सहमति
जयशंकरको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबिच चारवटा सहमतिमा हस्ताक्षर भएको छ। परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता भएको छ।

भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने सम्झौतामा दुई देशका उर्जा सचिवले हस्ताक्षर गरेका हुन्।

नेपालले बनाएको स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमतिमा पनि हस्ताक्षर भएको हो। नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीर न्यू स्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा भारतले उक्त स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई सहयोग गर्ने उल्लेख छ।

यस्तै हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयन सहमतिमा नेपालका अर्थ सचिव कृष्णहरि पुस्कार र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तावले हस्ताक्षर गरेका हुन।

यो सहमति अनुसार काठमाडौंस्थित भारतीय दूताबासले अब एउटै परियोजनामा २० करोडसम्म सोझै लगानी गर्नसक्ने छ। त्यस्तै भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पूननिर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ नेपाली रुपैयाँ अनुदान सहयोग गर्ने सहमति भएको छ।

दुवै देशका परराष्ट्रमन्त्रीले १३२ केबी पावर क्षमताका तीनवटा प्रसारण लाइनको उदघाटन गरेका छन्।

के–के भए सहमति ?

नेपाल भारतबीच  हस्ताक्षर गरिएका सहमतिहरू यस्ता छन्–

 १. दीर्घकालीन विद्युत व्यापार सम्झौता

२. उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजनाको कार्यान्वयन

३. नवीकरणीय ऊर्जा विकासमा सहयोग

४. स्याटेलाइट सम्बन्धी सम्झौता ।

५. जाजरकोट भूकम्पमा पाँचौं किस्ताको सहयोग हस्तान्तरण

६. साथै, तीनवटा क्रस बोर्डर लाइनको संयुक्त रुपमा उद्घाटन

यो पनि…

भारतसँगको विद्युत सम्झौता नेपालको सिञ्चित पानीमाथिको असर-नागरिक अगुवा

यी हुन नेपाल र भारतबीच भएका चार सहमति

जाजरकोट भूकम्पको पुन निर्माणका लागि भारतले १० अर्ब दिने

जाजरकोट भूकम्पको पुन निर्माणका लागि भारतले १० अर्ब दिने

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ६ : ०४ बजे

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने