उत्तर कोरियाले गर्‍यो सियोल सैन्य सम्झौता निलम्बन, सीमामा पठायो सेना « Khabarhub

उत्तर कोरियाले गर्‍यो सियोल सैन्य सम्झौता निलम्बन, सीमामा पठायो सेना


७ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ– उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप सेना र सैन्य उपकरणहरू लैजाने बताएको छ ।

प्योङयाङले सैन्य जासूस उपग्रहको प्रक्षेपणको प्रतिक्रियामा सियोलले सम्झौताका अंशहरू निलम्बन गरेपछि सन् २०१८ को संयुक्त सैन्य सम्झौतामा नबाँधिने पनि जनाएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका पूर्व राष्ट्रपति मुन जे इनबीचको सन् २०१८ को शिखर सम्मेलनमा व्यापक सैन्य सम्झौता प्रायद्वीपमा तनाव कम गर्न र दुई देशहरूबीच विश्वास निर्माण गर्ने प्रयासको रूपमा हस्ताक्षर गरिएको थियो।

गत मे र अगस्टमा असफल भएपछि प्योङयाङले माल्लिग्योङ–१ लाई सफलतापूर्वक कक्षमा प्रक्षेपण गरेको बताएपछि सियोल हिजो सम्झौताका केही भागहरूबाट पछि हटेको हो ।

‘हामी उत्तर दक्षिण सैन्य सम्झौता अनुसार रोकिएका सबै सैन्य उपायहरू तुरुन्तै पुनर्स्थापित गर्नेछौँ,’ मन्त्रालयले आधिकारिक कोरियाली सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

किमले उपग्रहको सफल विकासलाई आफ्नो सैन्य आधुनिकीकरण कार्यक्रमको प्राथमिकतामा राखेका छन् । उनले भनेका छन्, ‘उपकरणले उत्तर कोरियाको आफ्नो छिमेकीलाई निगरानी गर्ने र दक्षिण कोरिया र अमेरिकाबाट आउने कथित खतराहरूको सामना गर्ने क्षमतामा सुधार गर्नेछ।’

प्योङयाङले नोभेम्बर २२ र डिसेम्बर १ को बीचमा भूउपग्रह प्रक्षेपण गर्ने योजनाको बारेमा जापानलाई सूचित गरेको केही घण्टापछि मल्लगीयोङ–१ मंगलबार राति प्रक्षेपण गरिएको थियो।

त्यस्ता प्रक्षेपणहरू उत्तर कोरियाको ब्यालिस्टिक मिसाइल कार्यक्रमलाई रोक्न डिजाइन गरिएको संयुक्त राष्ट्र सुरक्षा परिषद प्रतिबन्धहरू अन्तर्गत प्रतिबन्धित छन् र यसलाई दक्षिण कोरिया, जापान, अमेरिका र संयुक्त राष्ट्रले तुरुन्तै निन्दा गरेको छ।

बुधबार दिउँसो प्रक्षेपणको प्रतिक्रियामा दक्षिण कोरियाले २०१८ सम्झौताको आंशिक निलम्बनमा आफ्नो उत्तरी सीमामा निगरानी कार्यहरू पुनः सुरु गरेको हो ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  १० : ४९ बजे

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा