म्याग्दीको बेनीलाई अतिक्रमणमुक्त बनाइने  « Khabarhub

म्याग्दीको बेनीलाई अतिक्रमणमुक्त बनाइने 


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दी सदरमुकाम बेनी बजारभित्रको सडकलाई अतिक्रमणमुक्त बनाउने अभियान सुरु भएको छ । बेनी नगरपालिकाले बजारभित्र सडकलाई अतिक्रमण गरी बनाइएका सडक, पेटी र अव्यवस्थित पूर्वाधार हटाउन थालेको हो ।

पटक–पटकको अनुरोध र सार्वजनिक सूचनालाई अटेर गरेपछि नगरपालिकाले बेनीको अस्पतालचोकबाट सडक मापदण्डलाई कार्यान्वयनमा ल्याउनका लागि अतिक्रमित संरचना भत्काउन सुरु गरेको छ । 

सडक मिचेर बनाइएका र अव्यवस्थितरूपमा बनाइएका पेटी, सिँढी भत्काउने र सडकलाई फराकिलो बनाउन काम अघि बढेको बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिए ।

नगरपालिकाले डोजर लगाएरै अतिक्रमित संरचना भत्काउन थालेको छ । अतिक्रमित जग्गामा बनेका संरचना भत्काउन जनप्रतिनिधिले समन्वय गर्ने गरी डोजर र नगर प्रहरीलाई परिचालन गरिएको कर्माचार्यको भनाइ छ ।

बेनी बजारलाई अतिक्रमणमुक्त बनाउने अभियानअन्तर्गत नगरपालिकाका प्रमुख सुरत केसीको शिक्षामार्ग र महारानीथानमा आफ्नै लगानीसमेत रहेको माउन्ट एभरेष्ट आवासीय माविले मिचेको सडक र घरको अव्यवस्थित पेटी भत्काएर अभियान सुरु गरिएको थियो ।

नगरपालिकाले वडाका जनप्रतिनिधिसमेतको टोली खटाएर करिब पाँच महिना अगाडि घरमा मोटरसाइकल लैजान सडक छेउछाउका घरधनीलाई अव्यवस्थितरूपमा बनाइएका सडकपेटी आफैँ हटाउन भनी सार्वजनिकरूपमा ‘रेडमार्क’ लगाए पनि घरधनीले अटेर गरेपछि नगरपालिका आफैँले बाध्य भएर डोजर चलाएर अव्यवस्थित सडकपेटी हटाउन सुरु गरेको नगरप्रमुख केसीले जानकारी दिए ।

बजार क्षेत्रमा साँघुरो सडक र त्यही सडक मिचेर पेटी तथा अस्थायी संरचना, पाली बनाएपछि हिँडडुल गर्न अप्ठेरो भएको थियो ।

सडकपेटीका कारण पैदलयात्रीलाई निकै सास्ती भएको थियो । नगरपालिकाले बजारभित्र अस्थायी र सार्वजनिक संरचनामा व्यवसाय सञ्चालन गरिरहेकालाई समेत धमाधम हटाउन थालेको छ ।

नगरपालिकाले बजार क्षेत्रमा अव्यवस्थितरूपमा रहेका बिजुली, केबल र इन्टरनेटका पोल तथा तारसमेत व्यवस्थित गरिसकेको छ । बेनीको वीरेन्द्रचोक, कालीपुल बसपार्क, हस्पिटलचोक, हाँडेभिर क्षेत्र तथा बेनी बजारभित्र पनि धेरै ठाउँमा मापदण्डविपरीतका संरचना छन् ।

नगरपालिकाले यो आर्थिक वर्षभित्र सबै संरचना हटाउने अभियानअन्तर्गत वीरेन्द्रचोकमा रहेको १५  सटर पसल तथा ट्याङ्की, बसपार्क, कालिपुल, पिपलचोकमा व्यापारिक प्रयोजनको संरचना हटाइसकेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ७ : ०३ बजे

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ