सातवटै प्रदेशका दुई-दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाइने « Khabarhub

सातवटै प्रदेशका दुई-दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाइने


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सातवटै प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने बताएकी छन् । 

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, मधेस प्रदेशद्वारा बाराको सिमरामा आज आयोजित नेपाल टेलिकमको सेवा प्रवाह र सुधारसम्बन्धी अन्तरक्रियामा मन्त्री शर्माले चालु आर्थिक वर्षभित्र सबै प्रदेशका दुई-दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने निर्णय भइसकेको र यो प्रभावकारी कार्यान्वयन गर्ने प्रक्रियामा रहेको बताइन् । 

पूर्वाधार निर्माणका क्रममा सरकारी निकायबीच समन्वय नहुँदा समस्या आउने गरेको उल्लेख गर्दै  सरकारका प्रवक्तासमेत रहेकाले उनले सडक, खानेपानी, विद्युत्, दूरसञ्चारका पूर्वाधार निर्माणमा समन्वयमा ध्यान दिन आग्रह गरिन् । 

जङ्गल तथा निकुञ्ज क्षेत्रमा टेलिफोन अप्टिकल विस्तार र टावर निर्माणमा समस्या भएको गुनासो आएको उल्लेख गर्दै मन्त्री शर्माले यस विषयमा वन मन्त्रालयसँग समन्वय गर्ने काम भइरहेको जानकारी दिइन् ।

जहाँ बढी समस्या छ, त्यहाँ बढी सेवा दिनुपर्ने मान्यताअनुसार समस्या पहिचान गरी समाधानको खोजी गर्न मधेस प्रदेशबाट दूरसञ्चारको समस्या समाधानका लागि सुझाव संकलनको अभियान सुरु गरिएको जानकारी दिँदै उनले मधेस प्रदेशमा नेपाल टेलिकमको सेवाग्राही विस्तारका लागि प्रभावकारी अभियान चलाउनुपर्नेमा जोड दिइन् । 

शिक्षालाई प्रविधियुक्त बनाउन देशभरिका सबै विद्यालयमा इन्टरनेट पुर्‍याउने तयारी गरिएको बताउँदै मन्त्री शर्माले धेरै विद्यालयमा इन्टरनेट सुविधा पुगिसकेको र बाँकी विद्यालयमा एक वर्षभित्र इन्टरनेट सेवा पुर्‍याउने बताइन् ।

पूर्वपश्चिम र उत्तर दक्षिण राजमार्गलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने आफ्नो पहिलो निर्णय गरेको जानकारी दिँदै मन्त्री शर्माले यो निर्णय कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताइन् । सूचना प्रविधिको पहुँच नपुगेको ठाउँमा पुहँच पुर्‍याउने र सर्वसुलभ ढंगबाट सञ्चार सेवा उपलब्ध गराउने सरकारको प्राथमिकता रहेको चर्चा गर्दै मन्त्री शर्माले सूचना र सञ्चारको तीव्र विकास भएको अवस्थामा पनि हिमाल र पहाड भेगमा अझै सञ्चार सेवा पुग्न नसकेकाले त्यहाँसम्म कसरी सेवा पुर्‍याउने भन्ने ठोस योजना बनाउन टेलिकमलाई निर्देशनसमेत दिइन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव एवं नेपाल टेलिकमका अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य किसन श्रेष्ठले सुरक्षाको दृष्टिकोणले संवेदनशील रहेको राजमार्ग क्षेत्रमा देखिएको नेपाल टेलिकमको नेटवर्कको समस्या तत्काल समाधान गर्नुपर्ने बताए।

सो कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य ज्वालाकुमारी साह, प्रतिनिधिसभा सदस्य प्रभु हजार पासवान, निर्मला देवकोटा, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, बाराका प्रमुख जिल्ला अधिकारी नवराज पराजुलीलगायतले सरकारी स्वामित्वको नेपाल टेलिकमले जनतालाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्न ठोस योजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिए। 

कार्यक्रममा बारा, पर्सा, रौटहट र सर्लाही जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिका प्रमुख तथा प्रतिनिधिहरूले आफ्नो क्षेत्रमा भएको टेलिकमको सेवा सुविधाको अवस्था र सुधार गर्नुपर्ने विषयमा धारणा राखे । 

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीले भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न चालु आर्थिक वर्ष २०८०-८१ मा मर्मतसम्भार कार्यलाई विशेष सेवाका रूपमा विकास गर्न आवश्यक रणनीति तथा कार्यक्रम तयार गरी प्रभावकारीरूपमा कार्यान्वयन गर्ने बताए। 

उनले मधेस प्रदेशका कुल पाँच सय ५० भन्दा बढी स्थानबाट कम्पनीले जिएसएम प्रविधिको सेवा उपलब्ध गराइरहेको र विभिन्न स्थानबाट एफटिटीएच वितरण गरिरहेको जानकारी दिए। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय मधेस प्रदेशका निर्देशक अमूल प्रधानले कम्पनीले सो प्रदेशमा उपलब्ध गराइरहेको सेवाबारेमा जानकारी गराउँदै सेवा प्रयोग बढाउनका लागि सहकार्य गर्न आग्रह गरे । 

सो अवसरमा कम्पनीले उपलब्ध गराइरहेका विभिन्न सेवाका बारेमा उपप्रबन्धक नवल चौधरी, कम्पनीका सेवाहरू विदेशमा समेत प्रयोग गर्न सकिने रोमिङ सेवाका बारेमा उपप्रबन्धक समिरबहादुर श्रेष्ठ र मधेस प्रदेशमा नेपाल टेलिकमको सेवाको अवस्था विषयमा उपप्रबन्धक निरञ्जन घिमिरेले प्रस्तुतिकरण गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ७ : ०४ बजे

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा

जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य गरौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य विपद्