दरबारमार्गमा नेपालको स्वास्थ्य शिक्षा र जनशक्ति सङ्कटबारे अन्तरक्रिया सम्पन्न


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘नेपालको स्वास्थ्य शिक्षा र र जनशक्ति सङ्कट’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खबरहब, रेडियो क्यान्डिड र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो-इकोनोमिक स्टडिज (आईएसएसआर) ले काठमाडौँको दरबारमार्गमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा. सुरेन्द्र पाण्डेले नेपालको शिक्षा प्रणालीमा नै व्यापक सुधारको खाँचो रहेको बताए । कार्यक्रममा नेकपा एमालेका नेतासमेत रहेका डा. पाण्डेले नेपालमा शिक्षाको गुणस्तर अत्यन्त न्यून रहेको भन्दै यसमा सुधारको खाँचो रहेको बताएका हुन् ।

सर्टिफिकेटमात्रै लिने किसिमको वर्तमान शिक्षा प्रणाली नै अमिल्दो रहेको उल्लेख गर्दै उनले परीक्षामा विद्यार्थीको नतिजामा डिस्टिङ्सन भए पनि ज्ञानको भने अभाव हुने गरेको बताए । नेपालको शिक्षा प्रणालीलाई गुणस्तर र सीपमा आधारित बनाउनुपर्ने उनको बुझाइ छ । उनले आफू अर्थमन्त्री हुँदा कुल बजेटको १७ प्रतिशत शिक्षामा छुट्याएको पनि स्मरण गरे ।

त्यस्तै, कार्यक्रममा पूर्वसहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ट्विटर चलाएर माइतीघरमा जुलुस निकाल्ने जमातले निर्माण गरेको जनमतबाट गलेर सरकारले चिकित्सा शिक्षा विधेयक ल्याएको टिप्पणी गरिन् । सोही विधेयकको प्रतिबिम्ब अहिलेको जनमतमा देखिएको उनको भनाइ छ । यस विधेयकमा भएका समस्याबारे संसदीय समितिमा रहँदा आफूले पनि कुरा उठाएको उनले बताइन् । उनले चीन बंगलादेशजस्ता मुलुकमा अध्ययन गरेर आएका चिकित्सकले पनि मेडिकल काउन्सिलको परीक्षा पास गर्न नसकेको उल्लेख गरिन् ।

कार्यक्रममा सिटिइभिटीका पूर्वसदस्य सचिव तथा ह्युमन डेभलपमेन्ट कन्सल्टिङ ग्रुपका प्रबन्ध निर्देशक डा. रामहरि लामिछानेले नर्सिङ संस्था धेरै भएपनि तीनमा गुणस्तर नभएको बताए ।  कार्यक्रममा उनले नर्सिङ काउन्सिलले फित्ता बोकेर कोठा नाप्दै हिँडेको टिप्पणी गरे । काउन्सिलको काम मापदण्ड र गुणस्तर निर्धारण गर्ने भए पनि अहिले उक्त संस्थाले कुन कलेजलाई कति विद्यार्थी पढाउने भन्दै हिँडेको उनको टिप्पणी छ । काउन्सिलको यो गतिविधि दिगो नभएको पनि उनको टिप्पणी छ । उनले नेपालमा अध्ययन र रोजगारीको अवसर नभएका कारण पनि नर्सिङ अध्ययन गर्न विद्यार्थीहरु विदेश गइरहेको बताए ।

त्यसैगरी कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय समिति सदस्य सान्ता चाैधरीले नेपालमै काम गर्ने भन्दा पनि विदेश जानकै लागि नर्सिङ पढ्ने गरेको उनले बताइन् । उनले यहाँ नै बसेर काम गर्दा पढेको खर्च नै नउठ्ने अवस्था रहेको बताइन् ।

कार्यक्रममा आईएसएसआरका अध्येता सुदन कुमार ओलीले नेपालमा नर्सिङ शिक्षाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यसै गरी कर्यक्रममा नेपाल विद्यार्थी स‌ंघ, त्रिभुवन विश्वविद्यालयका सभापति विष्णुबहादुर बदैलाले नेपालमा नर्सिङकाे शिक्षा राम्राे भएकाे तर सुरक्षा र तलब भने राम्राे नभएको उल्लेख गरे । कार्यक्रममा उनले सरकारले मेडिकल शिक्षालाई निशुल्क गराउनु पर्ने धारणा राखे ।

कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियनका कार्यबहाक अध्यक्ष माधव पन्तले शिक्षा र स्वास्थ्य दुवै निशुल्क हुनुपर्ने बताए । उनले पढ्ने र पढाउने कुरा निशुल्क हुनु पर्ने बताउदै निजी क्षेत्रकाे व्यवस्थापन पनि राज्यले गर्नुपर्ने बताए ।

कार्यक्रममा आईएसएसआरका अध्यक्ष नरेश श्रेष्ठ, स्वास्थ प्रविधि एवम् विज्ञान मञ्चका महासचिव निर्मल सापकाेटा, स्वास्थ प्रविधि एवम् विज्ञान मञ्चका सदस्य सञ्जय सिंह, एएसआइएका सचिव नगेन्द्र झा, अध्येता साैरभराज पन्त, सहायक प्राध्यापक मिना पौडेललगायत शिक्षक, कलेज सञ्चालक, शिक्षासेवी, विद्यार्थी नेता, जनप्रतिनिधि एवम् अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ९ : ०७ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र