भेरी करिडोरको १६ किलोमिटर पिच अन्तिम चरणमा « Khabarhub

भेरी करिडोरको १६ किलोमिटर पिच अन्तिम चरणमा


२० जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– भेरी करिडोरको जाजरकोटको पासागाडदेखि रिम्नासम्मको पिच अन्तिम चरणमा पुगेको छ । १६ किलोमिटर पिचको काम असार मसान्तसम्म पुरा हुने यति बिल्र्डसका अध्यक्ष भीमराज केसीले जानकारी दिए । 

भ्याटसहित १९ करोड रुपैयाँमा निर्माण कार्य अन्तिम चरणमा पुगेको पासागाड–रिम्ना सडकको अर्को आर्थिक वर्षभित्र ५६ किलोमिटर सडक पिच गर्ने लक्ष्य रहेको छ । अर्को रिम्नादेखि तल्लुसम्मको ४० किलोमिटर सडकमा समेत काम जारी रहेको छ । सडकको वारिपारि ढल निकास, फराकिलो बनाउने र ठूला-ठूला वालका काम जारी रहेको छ । अर्को आर्थिक वर्षभित्र ५६ किलोमिटर पिच गरिसक्ने अध्यक्ष केसीले बताए । यस खण्डमा भ्याटसहित १ अर्ब ८ करोड रकम खर्च हुने छ । यही सडकको बीचमा रहेका साना खोला तथा भेरी नदीमा पुल निर्माणको कामसमेत जारी रहेको छ ।

क्याराभान निर्माण प्रालिले लिएका पक्की ठूला पुलका काम भने अझैँ सूचारु गरेको छैन । अन्य बेलिब्रिज निर्माणको काम जारी रहेको छ । भेरी करिडोर जाजरकोटदेखि डोल्पाको सदरमुकामसम्मको कुल लम्बाइ ११८ किलोमिटर रहेको छ भने भेरी करिडोरको पुरै लम्वाइ ३१० किलोमिटर रहेको छ । 

सडक डिभिजन चौरजहारीसँग रहेको यो सडकलाई एक महिना अघिमात्रै अलग बनाई भेरी करिडोर आयोजना बनाएर डोल्पाको सदरमुकाम दुनैमा कार्यालय राखेर काम भइरहेको छ । यस बीचमा रहेका पुल समेत भेरी करिडोरकै माताहातमा आइसकेका छन् ।

खलंगादेखि रिम्नासम्मको सडक डिल्पिले निर्माण गरी केही मुआब्जासमेत लिएको भेटिएकाले क्षतीपूर्तिको विषयमा समेत छलफल भइरहेको आयोजनाका दत्त लामाले जानकारी दिए । उनका अनुसार रकम बुझेको नाम र रकम लेखिएको तर कति कित्ताको बुझेको हो भन्ने नदेखिएकाले केही समस्य आएको छ । भेरी नगरपालिका–१ पिपे र रावतगाउँमा यो समस्या देखिएको उनले बताए । 

अर्को वर्ष जसरी नी तल्लुसम्म काम सम्पन्न गर्ने लक्ष्यका साथ काम जारी राखिएको उनको भनाई छ । तल्लुदेखि डोल्पाको दुनै सम्मको सडक मर्मतका लागि बजेट माग गरिएको भए पनि अहिलेसम्म स्वीकृत भएको छैन ।

त्यस्तै दुनैदेखि लासिक्यापसम्मको सडकलाई ट्याक ओपनको काम समेत सुरु हुन सकेको छैन । यसको ठेक्का भने लागिसकेको छ । जाजरकोट खलंगादेखि डोल्पाको दुनैसम्म पक्की पुल निर्माणका लागि ठेक्का लागेको एक वर्ष भएपनि काम अझैँ सुचारु हुन नसकेको लामाले बताए । काम छिटो गर भनेको हो तर काम नगर्ने तरिकाले समस्य बनाएको उनले बताए । त्रिदेशीय सडकको रुपमा रहेको भेरी करिडोरको सडकले यो क्षेत्रको भारी महत्व राख्ने गर्छ ।

मध्यपहाडी लोकमार्ग, लुम्बिनी–रारा सडकलाई समेत छुने गर्दछ । त्यस्तै जुम्ला डोल्पा हुँदै मुस्ताङ जोडने सडकको समेत बीचमा पर्दछ । चिन र भारतसँग सिधा जोडने सडकसमेत यही रहेको छ । नलगाडको झुर्मेखोला, नलगाड नदी, त्रात्रगाड, चौखा स्थित ताँसुगाड, तल्लु भेरी पुलमा पक्की पुलको लागि ठेक्का भएको वर्ष दिन बिते पनि काम भएको छैन ।

यातायात व्यवस्था कार्यालयले भेरी करिडोरमा चल्ने सवारी साधनको रुट पास भए नभएको बारे निगरानी कडा बनाएको छ । कार्यालय प्रमुख आनन्द चपाइ आफैँ सडक सडकमा पुगेको सवारी साधनको जाँच गर्न थालेका छन् ।

आज भेरी नगरपालिका १ रिम्नामा जाँच गर्दा दुई दर्जन सवारी साधनले रुट प्रमिट नलिएर सवारी साधन चलाएको पाइएको थियो । जाजरकोट सदरमुकाम सम्मको अनुमति लिएर डोल्पा सम्मका यातायातका साधन चलाउने गरेका पाइएको कार्यालय प्रमख चपाइले बताए । जिल्ला प्रशासन कार्यालयको लापरबाहीका कारण यहाँ यातायात सेवामा विकृती फैलिएको सरोकारवाला बताउँछन् । 

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ७ : १७ बजे

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा