अनुदान उत्पादनमा प्रेरक « Khabarhub

अनुदान उत्पादनमा प्रेरक


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी – कास्कीको रुपा गाउँपालिका–५ देउरालीकी खोमाया गुरुङ यतिखेर बाख्रापालन गरिरहेकी छन् । विगतमा परम्परागत खोरमा बाख्रा पालेकी उनले अहिले आधुनिक खोर निर्माण गरेकी छन् । दश बाख्राबाट सुरु गरेकी उनका खोरमा हाल २४ बाख्रा भइसकेका छन् । गएको दशैँमा घरमा मासुको व्यवस्थासँगै पाँच पाठा बेचेर अन्य खर्च एवं बैंकको किस्ता तिरेको गुरुङ बताउँछिन् ।

विगतमा बाँदरका कारण अन्य खेती गर्न नसकेका अवस्थामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ‘नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी)’बाट प्रदान गरिएको अनुदान सहयोगले यतिखेर गुरुङजस्तै गाउँका २४ महिला बाख्रापालनमा लागेका छन् । अन्नपूर्ण पशुपालक समूहमा आबद्ध उहाँहरू यतिखेर बाख्रापालन सक्रिय बनेका हुन् ।

आयोजनाले मासु उत्पादन मूल्य शृङ्खलाअन्तर्गत सम्बन्धित व्यक्ति एवं संस्थाको २० प्रतिशत र बैंकको ३० प्रतिशतः ऋण लगानीसहित आयोजनाबाट ५० प्रतिशत अनुदान दिने गरी प्रस्ताव आह्वान गरेकामा उक्त समूहले सबै प्रक्रिया पुर्‍याएर सो अनुदान सुविधा लिएको थियो । बाख्रापालनका लागि कुल रु एक करोड ९८ लाख लगातमध्ये स्वलगानी रु ३९ लाख, बैंकको रु ५९ लाख र आयोजनाको रु ९९ लाख ४३ हजार रहेको अन्नपूर्ण पशुपालक समूहका सचिव अप्सरा श्रेष्ठले जानकारी दिइन्। समूहले आयोजनासँग २०७८ भदौमा सम्झौता गरेको हो ।

आयोजनाअन्तर्गत सुधारिएका खोर निर्माण, खरी बाख्रा तथा ५० प्रतिशत बोयर बोका खरिद, बाख्रापालन व्यवसायीकरण, आधुनिकीकरणले खोरमा यतिखेर बाख्राका पाठा हुर्किँदै छन् । समूहका कतिपयले बिक्रीसमेत गर्न थालेको श्रेष्ठ बताउँछिन् । “अनुदानले स्वरोरजगार बनाउन टेवा पुर्‍याएको छ”, उनले भनिन्, “दैनिक १९ किलो मासु उत्पादन गर्ने दीर्घकालीन योजना छ।”

समूहले उत्पादित मासुको बजार व्यवस्थापन गरिसकेको उल्लखे गर्दै उनले उत्पादित बाख्रा, पाठा घर–घरबाटै बिक्री हुन थालेको समूहका अर्की सदस्य दुर्गा विक बताउँछिन् ।

आयोजनाकै अनुदानप्राप्त पोखरा महानगरपालिका–३१ चक्रदेवी गुणस्तरीय दूध उत्पादन केन्द्रले सम्झौताअनुसारका काम सम्पन्न गरी अनुदान सहयोगको सम्पूर्ण किस्ता भुक्तानी गरिसकेको छ । अनुदान सम्झौताअनुसार कुल लागत रु एक करोड ३३ लाखको ५० प्रतिशत अनुदान एवं स्वलगानी २० प्रतिशत र बैंकको ३० प्रतिशत ऋण लगानी गरी गाईगोठ निर्माण, गाई खरिद र आवश्यक मेसिन औजार खरिद गरिएको केन्द्रका व्यवस्थापक इन्द्रप्रसाद तिवारीले जानकारी दिए ।

आयोजानबाटै अनुदान प्राप्त गरी जिल्ला सहकारी सङ्घ लिमिटेड कास्कीले दुग्ध प्रशोधन केन्द्रको क्षमता विस्तार गरेको वरिष्ठ व्यवस्थापक भोजराज घिमिरेले बताए । विसं २०५७ देखि एक हजार लिटर दूध सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै आएको केन्द्रले अनुदान सहयोग प्राप्त भएसँगै हाल दुई हजार पाँच सय लिटर दूध सङ्कलन, प्रशोधन र बजारीकरण गर्न थालेको छ ।

“उपआयोजनापूर्व दूध, दही र पनिर मात्र उत्पादन हुन्थ्यो, अनुदान सहियोगपछि आइसक्रिम, खुवा, मिठाईलगायत वस्तु पनि विविधिकरण गरिएको छ”, उनले भने । उपआयोजना सञ्चालनपश्चात ५० जनाले प्रत्यक्ष र एक सय जनाले अप्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।

आयोजनाअन्तर्गत गण्डकी प्रदेशका जिल्लामा कुल दुई सय ४१ अवधारणापत्र प्राप्त भएकामा एक सय ७८ फार्म एवं संस्था स्वीकृत भएको पूर्ण प्रस्ताव तालिम तथा मूल्याङ्कनपछि ७४ उपआयोजनासँग सम्झौता भएको विकेन्द्रीकरण आयोजना सहयोग एकाइ पोखराका निमित्त प्रमुख डा प्रकाश अधिकारीले जानकारी दिएका छन्।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ८ : ०९ बजे

ट्रम्पको टिप्पणीले अमेरिकी कूटनीतिक प्रतिबद्धताको खोक्रोपन उजागर गर्‍यो : इरान 

काठमाडौँ-  इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले अमेरिकाको कूटनीतिक प्रतिबद्धताको

तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता

झापा- तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने

भोटेकोशी बाढीको क्षति वर्गीकरण गरेर मूल्याङ्कन हुँदै

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीका कारण विभिन्न

राजनीतिक जिम्मेवारी लिएका तीन कर्मचारीमाथि कारबाही सिफारिस

काठमाडौँ– राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीमाथि कानुनी कारबाही

किसानलाई जै घाँसको बीउ वितरण, पशुलाई पोषणयुक्त आहारा हुने

बनेपा– रविओपीस्थित देउराली दुग्ध उत्पादक सहकारी संस्था र सेतीदेवी दुग्ध