‘भ्रष्टाचारीलाई जोगाउन दौडधुप नगरौँ’ « Khabarhub

‘भ्रष्टाचारीलाई जोगाउन दौडधुप नगरौँ’


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसदहरुले भ्रष्टाचार विरुद्धको शून्य सहनशीलतालाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद विमला सुवेदीले भनिन्, ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने नारा सस्तो लोकप्रियताका लागि र जनताको आँखामा छारो हाल्नका लागि मात्रै होइन, कडाइपूर्वक कार्यान्वयन गर्न हो, भ्रष्टाचारीलाई जोगाउन दौडधुप नगरौँ ।’

सांसद बुद्धिमान तामाङले धादिङ जिल्लाभित्र रहेका विभिन्न सडक निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद भगवती चौधरीले सुनसरी जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा घर जलेर नष्ट भएको अवस्थामा सरकारले क्षतिपूर्ति र राहतको व्यवस्था गर्नुपर्ने माग गरे। 

सांसद भीमप्रसाद आचार्यले सुनसरी जिल्लामा भन्सार कार्यालय स्थापना गर्नुपर्नेमा जोड दिए । सांसद मनबहादुर गुरुङले पोखरामा रहेका तालहरुको विकास र संरक्षण गरिनुपर्नेमा जोड दिए। सांसद महेन्द्रबहादुर शाहीले कालीकोट जिल्लामा कर कार्यालय स्थापना हुनुपर्छ भने। 

सांसदहरु महेशकुमार बर्तौला, माधवप्रसाद सापकोटा, मानवीर राई, मेटमणि चौधरी, मेनकाकुमारी पोखरेल, रेखा यादव, रोशन कार्की, लीलानाथ श्रेष्ठ, लेखनाथ दाहाल, रघुजी पन्त, मैना कार्की, मंगलप्रसाद गुप्ता, मञ्जुशर्मा अन्सारी, रणकुमारी बलमपाकी मगर, रणेन्द्र बराली, रामहरि खतिवडा, रुक्मणि राना बराइली, रुपासोनी चौधरी, रञ्जुकुमारी झा, रमा कोइराला पौडेल, राजु थापा, राजेन्द्रकुमार राई, राजेन्द्र बजगाईं, रामकुमार राई, रामकृष्ण यादव, रामनाथ अधिकारी, रामशंकर यादव र महेश बस्नेतलगायतले भ्रष्टाचार, महँगी, सुरक्षालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । 

बिहान ११ बजे बस्ने भनिएको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुको अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको थियो । कार्यतालिकाअनुसार आजको बैठकमा आर्थिक वर्ष २०८०-८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर र प्रस्तावबाहेक) माथि छलफल हुने र अर्थमन्त्री डा प्रकाशशरण महतले छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन् । 

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ३ : १९ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम