युक्रेनको आणविक प्लान्ट आक्रमण ‘अस्वीकार्य चुनौती’ « Khabarhub

युक्रेनको आणविक प्लान्ट आक्रमण ‘अस्वीकार्य चुनौती’


२५ फाल्गुन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रान्सले युक्रेनको एक प्रमुख विद्युत् गृहमा रुसी क्षेप्यास्त्र आक्रमणबाट ‘आणविक सुरक्षा र अन्य सुरक्षाका लागि अस्वीकार्य चुनौती’ उत्पन्न भएको चेतावनी दिएको छ ।

फ्रान्सको विदेश मन्त्रालयका प्रवक्ता एनी–क्लेयर लेजेन्ड्रेलेयो भने, “फ्रान्सले जापोरिजिया प्लान्टमा ग्रिडबाट नयाँ सम्पर्क विच्छेद भएको सूचनाप्रति चासो लिएको छ ।”

युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्रमा आणविक ईन्धन राख्ने ‘रिएक्टर’ र पूलहरू चिसो गर्न पानी परिचालित गर्ने पम्पहरू सञ्चालन गर्न बिजुली आवश्यक छ । देशभरका ऊर्जा पूर्वाधारलाई लक्षित गरी रूसी आक्रमणको नयाँ लहर चलिरहेका बेला यो अवरोध आएको हो ।

युक्रेनी आणविक ऊर्जा अपरेटर इनर्गोएटमका अनुसार यो प्लान्ट जेनेरेटरबाट सञ्चालित छ, जसले १० दिनको लागि सुविधाको ऊर्जा आवश्यकता पूरा गर्न सक्छ ।

संयुक्त राष्ट्रसंघीय आणविक निकायका प्रमुखले बिहीबार नै उक्त स्थानमा पटक–पटक विद्युत् कटौती हुन सक्ने चेतावनी दिएका थिए ।

आईएईएका प्रमुख राफेल ग्रोसीले रूसले एक वर्षअघि कब्जा गरेयता छैटौं पटक र नोभेम्बर यता पहिलो पटक जपोरिजिया विद्युत् ग्रिडबाट काटिएको बताए।

ग्रोसीले कीभ र मस्कोसँग प्लान्टको वरिपरि एक सुरक्षा क्षेत्र स्थापना गर्न प्रयास गर्न धेरै महिनादेखि परामर्श गरिरहेका छन्, तर वार्ता रोकिएको देखिन्छ ।

फ्रान्सले विशेष गरी स्टेशनको वरिपरि सुरक्षा क्षेत्र स्थापना गर्ने दिशामा युक्रेनमा आणविक सुरक्षा र सुरक्षा सुनिश्चित गर्न आईएईएको कार्यलाई समर्थन जारी राख्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ११ : ०२ बजे

ट्रम्पको टिप्पणीले अमेरिकी कूटनीतिक प्रतिबद्धताको खोक्रोपन उजागर गर्‍यो : इरान 

काठमाडौँ-  इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले अमेरिकाको कूटनीतिक प्रतिबद्धताको

तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता

झापा- तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने

भोटेकोशी बाढीको क्षति वर्गीकरण गरेर मूल्याङ्कन हुँदै

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीका कारण विभिन्न

राजनीतिक जिम्मेवारी लिएका तीन कर्मचारीमाथि कारबाही सिफारिस

काठमाडौँ– राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीमाथि कानुनी कारबाही

किसानलाई जै घाँसको बीउ वितरण, पशुलाई पोषणयुक्त आहारा हुने

बनेपा– रविओपीस्थित देउराली दुग्ध उत्पादक सहकारी संस्था र सेतीदेवी दुग्ध