ब्राउन सुगरसहित धनुषा दुई जना पक्राउ


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – सशस्त्र प्रहरीले धनुषाको महिनाथपुरबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

स६ प ८०८६ नम्बरको रातोरकालो रंगको मोटर साइकलमा चढी हेल्मेटमा लुकाएको ब्राउन सुगरसहित सिरहा कर्जना नगरपालिका २ का २३ वर्षीय महादेव मण्डल र १९ वर्षीया अस्मिता खत्रीलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

शंका लागेपछि मोटरसाइकल रोकी जाँच गर्दा हेल्मेटको भित्री भागमा प्लास्टिकको झोलाले बेरेको खैरो रंगको गिलो पदार्थ ब्राउनसुगर बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरूसहित ब्राउनसुगर र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय खजुरी धनुषामा बुझाइएको सशस्त्र प्रहरी बताएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ९ : ०४ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र