काठमाडौँ २ बाट अशोक खड्काको स्वतन्त्र उम्मेद्वारी घोषणा « Khabarhub

काठमाडौँ २ बाट अशोक खड्काको स्वतन्त्र उम्मेद्वारी घोषणा


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तर्राष्ट्रिय उत्कृष्ट तेक्वान्दो रेफ्री अशोक खड्काले प्रदेशसभा चुनावका लागि स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । स्वर्णपदक विजेता खेलाडीसमेत रहेका अन्तर्राष्ट्रिय रेफ्री खड्काले शनिबार काठमाडौँको थलीमा कार्यक्रम गरेर काठमाडौँ क्षेत्र नं. २ (ख) बाट स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन् ।

‘छल्नेलाई भन्दा बदल्नेलाई  खोजौँ, देश निर्माणका लागि युवालाई नै रोजौं’ भन्ने नाराका साथ खड्काले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा कार्यक्रममा उनले वर्षौ पुरानो खराब प्रवृत्तिबाट गुज्रिएका पार्टी र नेताहरूभन्दा युवा पुस्तालाई अब देश विकासको नेतृत्व सुम्पनुपर्ने आह्वान गरेका छन् ।

कार्यक्रममा जनताका आधारभूत आवश्यकता सम्बोधन गर्नका लागि शिक्षा, स्वास्थ्य लगायत कुरामा आफ्नो विशेष ध्यान रहने उनले बताए । यसका लागि स्थानीय जनताले आफूलाई प्रदेशसभा चुनावमा मतदान गर्नेमा पनि आफू आशावादी रहेको उनले बताए ।

‘भ्रष्टाचार हुन नदिन शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्दछ ।  विधि र  कानुनको उच्चतम् सम्मान गर्नुपर्दछ,’ आफ्नो उम्मेद्वारी घोषणासभामा खड्काले भने, ‘प्रत्येक नागरिक राष्ट्र सेवामा समर्पित हुनु पर्दछ भन्ने कुरा मेरो हृदयमा छ ।’

काठमाडौँ क्षेत्र नं. २ (ख) मा खड्काको उम्मेदवारीलाई स्थानीयले रुचाएका छन् । नेताहरूकै प्रवृत्तिबाट आजित भएका स्थानीय राजनीतिक दलका नेता कार्यकर्तादेखि स्थानीय समाजसेवी, शिक्षक, विद्यार्थी, खेलाडी लगायत सरोकारवालाले पनि स्वतन्त्र उम्मेद्वार खड्कालाई सहयोग गर्ने विश्वास दिएका छन् ।

उनले आफूले जितेमा जनताको काममा समर्पित हुने पनि बताएका छन् । ‘कर तिर्न सक्षम नागरिक कसरी बनाउने ? तपाईंले राष्ट्रलाई  तिरेको करलाई उचित उपयोग गर्न राष्ट्रले कस्तो सोच वा कार्यक्रम लिएर आउने ? स्थानीय उत्पादन क्षमतालाई कसरी अभिवृद्धि गर्ने ? नदी कटान , बाढी  पहिरो नियन्त्रण , सिँचाइ व्यवस्थापन  जस्ता कार्यहरूलाई कसरी सम्बोधन गर्ने ?’ उनले कार्यक्रममा आफ्ना योजनाबारे प्रश्न गर्दै भने, ‘यस्ता स्थानीय र राष्ट्रिय समस्याको सम्बोधन गर्ने स्पष्ट भिजन र योजना मसँग छ ।’

उनले आफू स्पष्ट योजनाका साथ राजनीतिमा आएको भन्दै जनताले चुनावमा मतदान गर्ने विश्वास पनि व्यक्त गरे । ‘म लामो समयदेखि खेल क्षेत्रबाट परिचित हुँदै देशको नाम विश्वभर चिनाएर अब आफ्नै क्षेत्रमा नीति निर्माण र विकासको काम गर्न स्वतन्त्र उम्मेद्वारी घोषणा गरेको छु,’ उनले उम्मेद्वारी घोषणा गर्दै भने, ‘मसँग विकास र युवा पुस्ताको नेतृत्व गर्ने स्पष्ट भिजन छ । त्यसैले तपाईँहरूबाट निर्वाचित हुने अपेक्षा राखेको छु ।’

कार्यक्रममा विभिन्न खेल क्षेत्रका व्यक्तित्व, रेफ्री, खेलाडी, स्थानीय राजनीतिक दलका नेता कार्यकर्ता, टोल समाजका अगुवा लगायतका सयौँ व्यक्तित्वको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ४ : ४७ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम