एनसेलले ल्यायो चुनाव लक्षित रिचार्जमा बोनस डेटा अफर « Khabarhub

 एनसेलले ल्यायो चुनाव लक्षित रिचार्जमा बोनस डेटा अफर


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई मध्यनजर गर्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ ।

उक्त अफरमा ग्राहाकले एनसेल एपमार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनसस्वरुप ५० एमबी देखी १०० एमबी डेटा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

 यो अफर वैशाख २३ गतेबाट लागू भइसकेको छ ।  जसअन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पठाउँनेछन् । 


५० देखी ९९ रिचार्ज गर्ने ग्राहकहरूले १ दिनको लागि मान्य हुने ५० एमबी डेटा पाउने कम्पनीले जनाएको छ । १०० देखी १९९ सम्मको रिचार्जमा ३ पदन समय सिमा भएको २०० एमबी डेटा प्राप्त गर्न सक्ने छन् ।

त्यसैगरी २०० वा सो भन्दा बढीको रिचार्ज गर्ने ग्राहकहरूले ५०० एमबी डेटा पाउने कम्पनीले जनाएको छ । 


नया बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू जस्तै : कम्बोप्याक, गज्जबको दैनिक जीवी प्याक र अल नेट भोइसप्याक लाई सुलभ दरमा डेटा र भोइस सेवामा पहुँच सुनिश्चित गरेको छ । 

डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकहरूका लागि कम्बोप्याक रहेको छ जसमा ५ जीबी डेटा भोल्युम र १००मिनेट अल नेट टकटाइम पाइन्छ । यस मा पाइने टकटाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ । करसहित रु १६८ पर्ने यो प्याक एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ह्यास डायल गरि सजिलै लिन सकिने कम्पनीले जनाएको छ । 

भ्वाइस सेवा मात्र चाहिने ग्राहकहरूले मात्र ९४ मा ७ दिनका लागि मान्य १५० मिनेटको अलनेट भ्वाइस प्याक लिन सक्ने छन् । एनसेलका प्रिपेड प्रयोगकर्ताहरूले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ३ एष्ट्रिक्स ३ ह्यास डायल गरि यो भ्वाइस प्याक लिन पाउने छन् ।

दैनिकरूपमा डेटा चाहिने प्रिपेड ग्राहकहरूका लागि गज्जबको दैनिक जीबी प्याकको विकल्प पनि रहेको छ। यसमा ग्राहकले मात्र रु १२९ मा ७ दिनका लागि दैनिक १ जीबी डेटा भोल्युम सक्ने छन् ।


एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरि ग्राहकहरूले यो प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ३ : २३ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम