मेलम्चीपछिको ठूलो खानेपानी आयोजनाको मन्त्री मगरद्वारा शिलान्यास « Khabarhub

मेलम्चीपछिको ठूलो खानेपानी आयोजनाको मन्त्री मगरद्वारा शिलान्यास


२८ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– खानेपानी मन्त्री बिना मगरले पोखरामा देशकै दोश्रो ठूलो खानेपानी सुधार आयोजनाको शिलन्यास गरेकी छिन् । मन्त्री मगरले नेपाल सरकारको ऋण लगानी र जापान सरकारको अनुदान सहयोगमा पोखरामा देशकै दोस्रो ठूलो खानेपानी सुधार आयोजनाको शिलन्याश गरेकी हुन् ।

खानेपानी क्षेत्रमा देशमा सञ्चालित मेलम्ची पछिको दोस्रो ठूलो आयोजनाको रुपमा लिइएको खानेपानी संस्थानअन्तर्गत सञ्चालन हुने सो आयोजनाअन्तर्गत पोखराबाट १२ किमीको दूरीमा रहेको मर्दी मुहानबाट ल्याइएको पानी प्रशोधन गरी शुद्धीकरण गरेर पिउन योग्य बनाउने लक्ष्य राखिएको छ ।

यसका लागि प्रशोधन केन्द्र निर्माण तथा दुई हजार घनमिटर क्षमताका तीन वटा ट्याङकी निर्माण गरी नगरका विभिन्न क्षेत्रमा पाइप लाइनमार्फत विस्तार गर्ने योजना रहेको छ ।

शिलन्याश कार्यक्रममा मन्त्री मगरले खानेपानी जनताको मौलिक अधिकारको रुपमा संविधानमा व्यवस्था भएबमोजिम देशका सबै जनतालाई प्रशोधित शुद्ध पिउने पानीको प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । दूषित पानीको कारणबाट नै मानिसमा विभिन्न प्रकारका रोगहरु लाग्ने गरेको र शुद्ध खानेपानीको प्रबन्ध गर्न सके रोगबाट समेत बचाउन सकिने र मृत्युदर पनि घट्ने मन्त्री मगरको भनाइ छ ।

मन्त्री मगरले संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारबीच खानेपानी तथा सरसफाइको क्षेत्रमा समन्वय गरी कुन स्तरको आयोजना कसले सञ्चालन गर्ने भन्ने बारेमा समेत आयोजनाको वर्गीकरण गरिने बताइन् ।

जापान सरकारको चार अर्ब ८१ करोड ३० लाख रुपैया अनुदान सहयोगमा सन् २०१७ को फेब्रुअरी १५ मा सो आयोजनाको सम्झौता भएको थियो । सन् २०२२ को अन्त्यसम्ममा निर्माण गरिसक्ने गरी खानेपानी सुधार आयोजना अघि बढाइको हो । हाल अप्रशोधित पानी वितरण हुँदै आएकोमा आयोजना निर्माण सम्पन्न भएपछि आयोजनाले समेटेको क्षेत्रमा २४ सै घण्टा राष्ट्रिय खानेपानी गुणस्तर अनुसारको प्रशोधित पानी वितरण हुने बताइएको छ ।

आयोजना निर्माणपछि पाइपलाइनमा पानीको चापमा सुधार भई पानी चुहावट नियन्त्रण भई आपूर्तिमा सुधार भएर महानगरको १ देखि १९ वडाका चार लाख पाँच हजार ८८९ जनसंख्या लाभान्वित हुने बताइएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलबार  ७ : ३२ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला