आज २०७८ साल चैत १६ गते बुधबारको राशिफल « Khabarhub

आज २०७८ साल चैत १६ गते बुधबारको राशिफल


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ – आज २०७८ चैत १६ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

चैत १६ गते बुधबार

मेष : आजको दिन भाग्यको उदय हुनेछ। गरेका कामबाट सन्तोष मिल्नेछ। व्यवसाय राम्रो हुनेछ। साथीहरुबाट भने जोगिएर काम गर्नुहोला।

वृष : बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। शिक्षामा ठूलो सफलता मिल्नेछ। सभा समारोहमा तपाईंको स्थान उच्च रहनेछ। दाम्पत्य जीवन सुखमय नहुनसक्छ।

मिथुन : राम्रो कामको थालनी हुनसक्छ। शिक्षामा राम्रो हुनेछ। खुट्टा तान्नेहरु सक्रिय रहेकाले सचेत भएर काम गर्नुपर्ने देखिन्छ।

कर्कट : शत्रु आफै परास्त हुनेछन्। आफूलाई लागेको कुरा प्रष्ट राखेमा केही फरक पर्दैन। ठूलो काममा हात नहाल्नु राम्रो हुनेछ। दाम्पत्य जीवन भने त्यत्ति राम्रो छैन।

सिंह : आजको दिन धेरै राम्रो छ। साथीभाइको साथले काम हुनेछ। प्रेममा सफलता मिल्नेछ। व्यावसाय फस्टाउने देखिन्छ।

कन्या : आटेका कामममा अगाडि बढ्दा सचेत हुनुहोला। दाम्पत्य जीवन सफल रहन्छ। पुराना कामहरु बन्नेछन्।

तुला : राम्रो कामको थालनी हुनेछ। काममा बाधा हुने देखिदैन। स्वास्थ्य सामान्य रहने छ।

वृश्चिक : सन्तुष्टि मिल्नेछ। आफ्नै साथीबाट धोका हुने योग रहेको छ। प्रेममा धोका हुने देखिन्छ।

धनु : रिसले सताउने छ। तृतीय स्थानमा चन्द्रमा बसेकाले उन्नति प्रगति हुनेछ। काम गर्दा आजको दिन सचेत हुनुपर्ने देखिन्छ।

मकर : सम्पत्ति जुट्ने देखिन्छ। जुटेको सम्पत्ति जोगाउन भने धेरै मिहेनत गर्नुपर्ला। काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ।

कुम्भ : काममा बाधा विरोध देखिन्छ। आरोप लाग्नसक्छ। राम्रो कामको थालनी गर्दा डराउनुपर्ने अवस्था छैन।

मीन : आजको सबै राम्रो छ। सबै कुराले साथ दिएको देखिन्छ। समय अनुसार अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ५ : ५८ बजे

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको