खोटाङका स्थानीय तहका बेथितिविरुद्ध अख्तियारमा २४ उजुरी  « Khabarhub

खोटाङका स्थानीय तहका बेथितिविरुद्ध अख्तियारमा २४ उजुरी 


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङका स्थानीय तहमा भएका अनियमितता तथा भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा २४ वटा उजुरी परेको छ । अख्तियार कार्यालय बर्दिबास, महोत्तरीले आइतबार खोटाङको दिक्तेलमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ देखि २०७८/७९ माघ मसान्तसम्ममा पाँचवटा मात्र उजुरी फर्स्याेट भएको जानकारी दिइएको छ ।

खोटाङका १० स्थानीय तहमध्ये रावाबेसी गाउँपालिकामा भएका अनियमितताविरुद्ध पाँचवटा उजुरी परेकामा एक, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा चारवटा उजुरी परेकामा एउटा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा तीनवटा उजुरी परेकामा एउटा फर्स्याेट भएको अख्तियारले जनाएको छ ।

हलेसी तुवाचुङ नगरपालिकामा भएका अनियमितता तथा भ्रष्टाचारविरुद्ध एक, साकेला गाउँपालिकामा एक, खोटेहाङ गाउँपालिकामा एक, केपिलासगढी गाउँपालिकामा एक र बराहपोखरी गाउँपालिकामा एउटा उजुरी परेको अख्तियार कार्यालय बर्दिबास, महोत्तरीका प्रमुख सहसचिव गोपालकुमार अधिकारीले जानकारी दिए । आयोगका अनुसार त्यी सबै उजुरी फर्स्याेट गर्न बाँकी छ ।

आयोगको पत्र ढिलो दर्ता गर्ने, कार्य प्रारम्भ ढिलो गर्ने, पटकपटक ताकेता गर्नुपर्नेलगायतका कारण उजुरी फर्स्याेटमा ढिलाइ भएको आयोगले जनाएको छ । ‘मागेको भन्दा बढी कागजात पठाउने तर आवश्यक कागजात/विवरण नपठाउने, सम्पर्क विन्दु/एकाइको गठन नभएको, फोन नउठाउने, कार्यालयमा नभेटिने समस्या छ,’ अधिकारीले भने, ‘स्थलगत निरीक्षणबिना जवाफ पठाउने, कार्यालयले आरोपित व्यक्ति/निकाय/प्रतिवेदक कै जवाफ संलग्न गरेर पठाइ दिँदा नि अनुसन्धान ढिला हुने गरेको छ ।’

कतिपय उजुरी पर्नेबित्तिकै योजनासँग कामकारवाही रोक्ने, आयोग/कार्यालयको सुझाव कार्यान्वयनलाई कम प्राथमिकता दिने, कमजोर अभिलेख प्रणाली लगायतका कारण उजुरी किनारा लगाउन समस्या भइरहेको अख्तियारले जनाएको छ ।

अख्तियारमा सार्वजनिक खरिद र निर्माणतर्फ गलत स्टिमेट तयार पार्ने, बजेट टुक्रयाएर खरिद गर्ने, आवश्यकभन्दा धेरै सामग्रीहरू खरिद गर्ने, स्टक पिनिङ गर्ने, जिन्सी दाखिला नगर्ने वा गलत दाखिला प्रतिवेदन तयार पार्ने, उपभोक्ता समिति सम्बन्धि कार्यविधि पालना नगर्ने सम्बन्धि बढी उजुरी पर्ने गरेको छ ।

यस्तै, कर्मचारी नियुक्तिमा मिलेमतो, नजिकका र आफन्तलाई बिना प्रतिस्पर्धा नियुक्ति दिइने, तालिम र क्षमता विकास सम्बन्धमा कार्यविधि पालना नगर्ने, अपारदर्शी तरिकाले कार्यक्रम सञ्चालन गर्ने, सहभागीको किर्ते हस्ताक्षर गर्ने प्रकृतिका उजुरी परेको अख्तियारले जनाएको छ । ‘सेवा प्रवाहमा विचौलियाको प्रभाव छ, शिक्षक भर्नामा अनियमितता भएको उजुरी परेको छ,’ अख्तियारको प्रतिवेदनमा भनिएको छ, ‘बढी विद्यार्थी देखाई पाठ्यपुस्तकमा, दिवा खाजामा, छात्रवृत्तिमा अनियमितता भएको, सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको उजुरी पर्ने गरेको छ ।’

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  १ : १८ बजे

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ