कांग्रेसको अबको लक्ष्य तीनै तहको निर्वाचन जित्ने हो : सहमहामन्त्री महत « Khabarhub

कांग्रेसको अबको लक्ष्य तीनै तहको निर्वाचन जित्ने हो : सहमहामन्त्री महत


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको अबको लक्ष्य आगामी तीनै तहको निर्वाचन जित्ने रहेको बताएका छन् ।

कांग्रेसले तीनै तहको निर्वाचन जित्न पार्टीको आगामी १४औँ महाधिवेशनको ठूलो भूमिका रहने उनले उल्लेख गरे ।

कांग्रेसद्वारा आयोजित काठमाडौँ महानगरपालिका–४ र ५ द्वारा आयोजित छुट्टाछुट्टै वडा अधिवेशनको आज उद्घाटन समारोहमा सहमहामन्त्री महतले कांग्रेसको मुख्य लक्ष्य नै आगामी आम निर्वाचन जित्ने रहेको स्पष्ट पारे ।

निर्वाचन जित्ने ढङ्गले सङ्गठन निर्माणमा लाग्नुपर्नेमा जोड दिँदै उनले त्यसमा क्रियाशील सदस्यको अहम भूमिका रहने बताए ।

पार्टीको आदर्श, सिद्धान्त, नीति र अनुशासनमा रही निरन्तर क्रियाशील रहन उनले सबैमा आग्रह गरे ।

“पार्टीमा समय दिनसक्ने, सङ्गठन विस्तार गर्नसक्ने र मतदातालाई आकर्षित गर्नसक्ने कार्यकर्ताको खाँचो छ,  सक्रिय सदस्य बन्नुभएका पार्टी कार्यकर्तालाई वडादेखि राष्ट्रिय तहसम्म पार्टीले सुम्पिएका जिम्मेवारी पूरा गरी पार्टीलाई जनतासँग जोड्ने प्रयासमा लाग्नुस्”, नेता महतले भने ।

कांग्रेसको नेतृत्वमा बनेको वर्तमान संविधानको भावना र मर्मअनुरुप एक तिहाइ स्थानमा महिला निर्वाचित गर्ने कामको थालनी भएको उनको भनाइ थियो ।

दुई तिहाइको सरकार राज्य सञ्चालनमा असफल भएपछि अप्ठ्यारो अवस्थामा कांग्रेसको नेतृत्वमा संयुक्त सरकार बनेको स्पष्ट पार्दै नेता महतले प्रतिकूलतासँग जुध्दै सरकार सम्पूर्ण नागरिकलाई खोप दिएर सुरक्षाको प्रत्याभूति दिलाउन लागि परेको बताए ।

कांग्रेसका संस्थापक नेता बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले सोचेजस्तो नेपाली जनताको सेवा गर्दै  समृद्ध र स्वाभिमानी बनाउने जिम्मेवारी पूरा गर्न पार्टीको १४औँ महाधिवेशनले महत्वपूर्ण योगदान पुर्‍याउने नेता महतले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ३ : ५९ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका