नेपाली दूतावास कुवेतका कर्मचारीलाई कोरोना संक्रमण


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतस्थित नेपाली दूतावासका एक जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भौतिक उपस्थिति भएर लिनुपर्ने सेवा बन्द गरेको जनाएको छ ।

स्वास्थ्य सम्बन्धी मापदण्डहरूको पालना गर्दागर्दै पनि कर्मचारी कोभिड-१९ बाट संक्रमित भएकाले सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी हाललाई राहदानी नवीकरण, कागजात प्रमाणीकरण तथा कागजात जारी सम्बन्धी सेवा बन्द गरिएको दूतावासले जनाएको जनाएको छ ।

दूतावासले बिहीबार अर्को सूचना नआएसम्म माथि उल्लेखित सेवा बन्द गरिएको जनाएको हो । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति दूतावास क्षमाप्रार्थी रहेको समेत जनाएको छ ।

यस अवस्थामा सेवाग्राहीहरूलाई अत्यावश्यक सेवा सम्बन्धी  महत्वपूर्ण जानकारी लिनुपरेमा दूतावासको हटलाइन नम्बर ९८८६९१२१ र टेलिफोन नम्बर २५३२१६०३, २५३२१६०४, २५३२१६०५ वा eonkuwait@mofa.gov.np मा  सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ८ : ३५ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र