अन्य जिल्ला सँगको नाका बन्द लगत्तै काभ्रेमा लकडाउन खुकुलो « Khabarhub

अन्य जिल्ला सँगको नाका बन्द लगत्तै काभ्रेमा लकडाउन खुकुलो


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका बन्द गरिएपछि लकडाउन खुकुलो बनाइएको छ ।

जिल्लास्थित कोभिड–१० रोकथाम तथा नियन्त्रण, व्यवस्थापन कमाण्ड पोष्टले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि गत बिहीबार साँझ मात्रै यसजिल्लासँग जोडिएका सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर र मकवानपुर नाकाबाट नागरिकलाई जिल्ला आवतजावतमा पूर्णरूपमा रोक लगाएको थियो ।

जिल्ला प्रवेश नाकामा कडाइ गरेको एकै दिनपछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले शुक्रबार साँझ जिल्लामा लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो । केन्द्रले सुरक्षाको मापदण्ड र सामाजिक दूरी कायम गरी विभिन्न उद्योग तथा विकास–निर्माण सम्बन्धित आयोजना सञ्चालन गर्न दिइने निर्णय गरेको थियो ।

तर जिल्लाको कुनै क्षेत्रमा कोराना भाइरसको सङ्क्रमणको जोखिम देखिएमा सो क्षेत्र वा जिल्लाभरि नै निश्चित अवधिसम्मका लागि स्थानीय प्रशासनले सबै रोक लगाइने शर्त राखिएको छ ।

केन्द्रका अनुसार कृषि तथा पशुपक्षीजन्य दूध, तरकारी, माछा, कुखुरा, अण्डा र दाना उत्पादन गर्न पाइने छ भने मल तथा बीउबिजको ढुवानी र बिक्री गर्न पाइनेछ । साथै शीतभण्डारसमेत सञ्चालन गर्न पाइने केन्द्रले निर्णय गरेको छ । यहाँ सञ्चालित सडक आयोजना, नदी नियन्त्रणका कार्य तथा शहरी पूर्वाधारका योजना एक स्थानमा अधिकतम १० भन्दा कम मजदुरले काम गर्ने गरी लकडाउन केही खुकुलो बनाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए ।

उनका अनुसार सरकारको वैशाख २५ गतेको पत्रानुसार सबै क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सामाजिक सेवातर्फका बैंक, विद्युत्, खानेपानी, सञ्चार, फोहरमैला व्यवस्थापन तथा दमकल सञ्चालन हुनेछन् । “पानी, ग्यास, पेट्रोलियक पदार्थ बोकेका भन्सार पास भएका सबै प्रकारका सवारी साधन सञ्चालन हुन पाउनेछन्”, उनले भने ।

यस्तै उद्योगतर्फका चामल, चिउरा, पिठो, पाउरोटी, तेल, दाललगायत घरेलु साना उद्योग सञ्चालन हुनेछन् । साथै बढीमा तीन मजदुर सञ्चालन गर्न पाउने वर्कशप, प्लम्बिङ, इलेक्ट्रोनिकल सेवा सञ्चालन हुने केन्द्रले जनाएको छ । तर विश्वविद्यालय, क्याम्पस, विद्यालय, सिनेमाहल, होटल, बार र रेष्टुरेन्ट तथा पाटीप्यालेस, फनपार्क, रङ्गशाला, खेलकूदस्थल, फुटसल, जिमखाना, फिटनेश सेन्टर, शैलुन, ब्यूटीपार्लर सञ्चालन हुन पाउने छैनन् ।

पोष्टले सिन्धुपाल्चोकसँग जोडिएको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिका, रामेछापसँग जोडिएको चौँरीदेउराली, तेमाल र रोशी गाउँपालिका, सिन्धुलीसँग जोडिएको तेमाल गाउँपालिका, मकवानपुरसँग सीमा जोडिएको महाभारत गाउँपालिका र ललितपुरसँग जोडिएको बेथानचोक र खानीखोला गाउँपालिका तथा भक्तपुरसँग जोडिएको बनेपा नपास्थित साँगामा आजदेखि अत्यावश्यक सवारीबाहेकलई पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको थियो । सीमानाकामा भने कडाइ यथवत नै राखिएको जनाइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ६ : ५४ बजे

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी– पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका

सामुदायिक वनमा फलफूल र जडीबुटीसहित बहुउपयोगी बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका

अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

काठमाडौं – अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी

बहुउपयोगी प्रजातिका बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका बिरुवा