यस वर्ष दयाहाङ राईका ४ फिल्म, कुन चले ? कुन चलेनन् ?


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्ष अभिनेता दयाहाङ राईले अभिनय गरेका ४ वटा फिल्म रिलिज भए । एकपछि अर्को फिल्ममा अभिनय गरेर आफ्नो स्टारडम ध्वस्त बनाएको आरोप पनि उनले खेपिरहेका छन् ।

यसपटक भने उनले पहिलेजस्तो दर्शकको गाली खानुपरेन । दयाहाङलाई फ्यानले पहिलेजस्तो नोटिस गर्न छोडिसकेका छन् । किनकि, दयाहाङले अभिनय गरेका फिल्म धेरै भएर दर्शक मोनोटोनस भइसकेका छन् ।

दयाहाङले अभिनय गरेका दुई फिल्म जात्रै जात्रा र कबड्डी ३ ले व्यावसायिक सफलता हात पारे पनि दुई फिल्म सेन्टीभाइरस र आप्पा भने खासै सफल भएनन् । व्यावसायिक हिसाबले दयाहाङ भएका दुई फिल्म हिट भए । अर्को फिल्म सेन्टीभाइरस पनि राम्रै चर्चामा रह्यो । तर आप्पाले न चर्चा कमायो, न लगानी ।

चलचित्र ‘आप्पा’ मा दयाहाङ राई ।

अन्य फिल्मका तुलनामा फिल्म ‘आप्पा’ केही फरक थियो । यद्यपि यो फिल्मले व्यावसायिक सफलता हात पार्न सकेन । फिल्ममा दयाहाङ राई एक पिताको भूमिकामा देखिएका छन् ।

चलचित्र ‘जात्रै जात्रा’ को एक दृश्यमा दयाहाङ राई ।

दयाहाङको अभिनय रहेको फिल्म ‘जात्रै जात्रा’ हिट भयो । फिल्मको तारिफ पनि भयो । तर, यो फिल्मबाट दयाहाङले भन्दा धेरै चर्चा विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँले पाए । हिट सिक्वेलमा दयाहाङको इन्ट्री भए पनि उनले खासै चर्चा कमाएनन् ।

दयाहाङका रिलिज फिल्ममध्ये सफल फिल्म हो, कबड्डी ३ । यो फिल्मबाट दयाहाङले काजीका चरित्रका रुपमा चर्चा कमाए ।

चलचित्र ‘कबड्डी ३’ मा दयाहाङ राई ।

यसअघि दुई भाग हिट भइसकेका कारण पनि ‘कबड्डी ३’ ले राम्रो चर्चा कमायो । यो फिल्ममा दयाहाङ शीर्ष भूमिकामा थिए ।

वर्षको अन्तिममा रिलिज भएको फिल्म ‘सेन्टीभाइरस’ मा पनि दयाहाङ राईको भूमिका थियो । फिल्ममा उनले पार्टीका इमान्दार कार्यकर्ताको भूमिका निभाएका थिए । यो फिल्म भने व्यावसायिक रुपमा त्यति सफल हुन सकेन ।

चलचित्र ‘सेन्टीभाइरस’ मा दयाहाङ राई ।

यो वर्षलाई हेर्दा दयाहाङले दर्शकलाई कम निराश बनाएका छन् । उनले यस वर्ष राम्रो फिल्म छानेर काम गरेको भन्दै टिप्पणी हुन थालेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ३ : २६ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र