१ अर्ब ४० करोड लगानीमा होटल मोक्सी सञ्चालनमा आउँदैं « Khabarhub

१ अर्ब ४० करोड लगानीमा होटल मोक्सी सञ्चालनमा आउँदैं


१ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँच तारे मेरियट र तीन तारे फेयरफिल्ड सञ्चालन ल्याइरहेको एसएस ग्रुपले नै उक्त होटल सुरु गर्न लागेको हो ।

एमएस ग्रुपले मेरियटकै साढे तीन तारेस्तरको ‘मोक्सी’ संचालनमा ल्याउन लागेको हो । अबको साढे २ वर्षभित्र सञ्चालनमा ल्याउने गरी साढे ३ तारेस्तरको मेरियटको मोक्सी होटल निर्माण प्रक्रिया अघि बढाइएको एमएस ग्रुपका उपाध्यक्ष सुमितकुमार अग्रवालले जानकारी दिए ।

‘काठमाडौंको कमलादीमा उक्त होटल निर्माणका लागि सम्पूर्ण प्रक्रिया अघि बढाइसकेका छौं,’ उनले भने, ‘निर्माण प्रक्रिया अघि बढिसकेकाले अबको साढे २ वर्ष भित्रमा संचालनमा ल्याउने छौं ।’ उनका अनुसार उक्त होटल निर्माणका लागि ठेकेदार छनोट प्रक्रियासमेत अघि बढिसकेको छ ।

देशका मुख्य सहरहरुमा मेरियट होटलको चेन विस्तारको योजना बनाएको एमएस ग्रुपले काठमाडौंमै थप अर्को होटल खोल्न लागेको हो । कुल १ अर्ब ४० करोड रुपैयाँ लगानीमा बन्न लागेको सो होटल १० तलाको हुनेछ । जसमा न्यूनतम १०१ देखि ११५ कोठासम्म रहने अग्रवालले जानकारी दिए ।

होटलमा १० वटा स्वीट रुम र बाँकी डिलक्स रुम रहनेछन् । नेपाल पर्यटकको लागि सबैभन्दा उपयुक्त गन्तव्य रहेको र नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउनका लागि आफ्नो कम्पनीले होटल विस्तारलाई उच्च प्राथमिकता दिएको समेत अग्रवालले बताए ।

‘हामीले नेपाल घुम्न आउने सबै पर्यटकलाई उपयुक्त हुने खालका होटल निर्माण गरी सेवा दिन सक्नुपर्छ,’ उनले भने, ‘सोहीअनुरुप हामीले देशमा मुख्य स्थानमा होटल खोल्ने प्रक्रियालाई उच्च प्राथमिकता साथ अघि बढाएका छौं ।’

देशका मुख्य हरहरुमा होटल खोल्नका लागि मेरियट ब्राण्डसँग सम्झौता गरेको एमएस ग्रुपले तेस्रो होटलको रुपमा मोक्सी ल्याउन लागेको हो । नेपालमा एमएस ग्रुपले सञ्चालन गरेको काठमाडौं मेरियटले नेपाल होटल इन्डष्ट्री लिडरसीप एवार्ड—२०१९ सहित पाँच वटा प्रतिष्ठित एवार्ड जितेको थियो । वल्र्ड मार्केटिङ कंग्रेसले प्रदान गर्ने उक्त एवार्डलाई प्रतिष्ठित एवार्ड मानिन्छ ।

सन् २०१९ मै सञ्चालनमा आएको उक्त होटलले लिडरसीपसँगै सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड एवार्ड, बेस्ट वार अफ द इयर एवार्ड, वेस्ट इयर भेनु अफ द इयर एवार्ड, वेस्ट होटल लन्च अफ द इयर एवार्ड समेत जितेको हो । प्रतिस्पर्धामा सहभागी ५ सय होटलमध्येबाट मेरियटले उक्त महत्वपूर्ण पाँच एवार्डहरु जितेको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  ५ : ०८ बजे

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र