वैदेशिक रोजगार ठगी नियन्त्रणमा विभागको सक्रियता, फरार आरोपितलाई सम्पर्कमा आउन आग्रह « Khabarhub

वैदेशिक रोजगार ठगी नियन्त्रणमा विभागको सक्रियता, फरार आरोपितलाई सम्पर्कमा आउन आग्रह


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएर पनि हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ।

विभागबाट जारी सूचनामा वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई पक्राउ पुर्जी जारी गरिएका व्यक्तिहरूलाई कानुनी प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ।

तोकिएको अवधिभित्र सम्पर्कमा नआए प्रचलित कानुनबमोजिम यात्रा अनुमति तथा बैकिङ्ग कारोवार रोक्का लगायतका कारबाही अघि बढाइने सूचनामा उल्लेख छ।

वैदेशिक रोजगारसम्बन्धी ठगी तथा अनियमितताबाट पीडित नागरिकलाई न्याय दिलाउने र कानुनी प्रक्रियालाई शीघ्र निष्कर्षमा पुर्‍याउने उद्देश्यले वैदेशिक रोजगार विभागले आफ्नो सक्रियता बढाएको हो ।

विभागको पछिल्लो सूचनाले फरार आरोपितलाई कानुनी प्रक्रियामा ल्याई अनुसन्धान तथा मुद्दासम्बन्धी काम अघि बढाउने प्रयासलाई जोड दिएको छ ।

विभागले समन्वित सरकारी कार्य, सहज उजुरी प्रणाली र समयबद्ध कानुनी कारबाहीले वैदेशिक रोजगार क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवर्द्धन गर्दै श्रमिकको हकहित संरक्षणमा योगदान पुर्‍याउने सरकारी प्रतिवद्धता पुरा गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।

वैदेशिक रोजगारका नाममा हुने झुटा आश्वासन, अनधिकृत रकम असुली, नक्कली मागपत्र तथा करारसम्बन्धी अनियमितताले श्रमिक र तिनका परिवारलाई आर्थिक तथा सामाजिक असर पार्ने गरेको छ । यस्ता गतिविधि नियन्त्रण गर्न उजुरीको शीघ्र सम्बोधन, अन्तरनिकाय समन्वय, नागरिक सचेतना र कानुनबमोजिमको कारबाही आवश्यक हुने विभागको भनाइ छ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ११ : ४४ बजे

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ