दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक छ । दसैँ नजिकिएसँगै जिल्लाका थारू बस्तीमा परम्परागत सख्या पैयाँ नाचको रौनक बढेको हो । दसैँ आउन दुई साता अगाडिदेखि सुरु गरेर बडादसैँ नसिकदासम्म सामूहिक रूपमा गाउँमा सख्या पैयाँ नाच्ने परम्परा रहेको छ । 

घोराही उपमहानगरपालिका–१७ ओखरामा गत असोज १२ गतेदेखि नै यो नाच सुरु भएको सोही ठाउँका स्थानीय रामप्रसाद चौधरी बताउँछन्। 

अन्य थारू बस्तीमा पनि कतिले सुरु गरिसकेका छन् भने कतिले सुरु गर्ने तयारी गरिरहेको उनको भनाइ छ । सख्या नाच थारू समुदायमा मात्र नाचिने मौलिक र सबैभन्दा लामो अवधिसम्म नाचिने नाच हो । सख्या नाच प्रायः हरेक वर्षको दसैँको अगाडि कृष्णाअष्टमी अटवारी पर्वपछि सुरु भई तिहारसम्म नाचिने संस्कृति रहेको उनी बताउँछन्। 

स्थानीय लक्षिमा चौधरी पछिल्लो समय नाच सुरु हुने र अन्त्य हुने समय ठाउँअनुसार भने फरक फरक हुने गरेको बताए। यो नाच महिलाहरू दुई समूहमा विभाजन भएर नाचिन्छ भने मादलेमा पुरुषहरू हुन्छन् । नाच हरेक साँझ ०६ः००–०७ः०० बजेदेखि राति १०ः००–११ः०० बजेसम्म बरघर अर्थात् गाउँका महतवाको आँगनमा नाच्ने चलन रहेको उनको भनाइ रहेको छ । 

थारू अगुवा बुद्धि चौधरीका अनुसार सख्या पैयाँ नाच सुरु हुनभन्दा अगाडि अगुवा मादले र पछुवा मादलेले विशेष किसिमको देवीदेवतालाई सम्झेर भिन्न तालमा मादल बजाउनुपर्छ । जसलाई ‘झ्वाङ मर्ना’ या ‘ट्रासन मर्ना’ भनिन्छ । त्यसपछि नाच सुरु हुन्छ । 

नाचमा उपस्थित युवायुवती, महिला सबैले मादलको तालमा पैयाँ नाच नाच्छन । फरक फरक ढङ्गले नचाउन सकिने पैयाँ नाच दर्जनौँ किसिमका हुन्छन् । मादलको तालमा सामूहिक रूपमा मुजुरा बजाउँदै आङ्गिक अभिनय, खुट्टाको ताल मात्र मिलाएर नचनीहरू नाच्दछन् । 

यस्तो पैयाँ नाच बीचबीचमा नाचिन्छ भने मूल गीतमा भने दुई समूहमा बाँडेर मादलको तालमा दुबै टोलीका नचनीहरू पालैपालो गीत गाउँदै नाच्ने गरिने उनको भनाइ रहेको छ । तर पछिल्लो समय यस्ता परम्परागत विधि पूरा गर्न भने छाड्दै गएको थारू अगुवा चौधरी बताउँछन्।

थारू समुदायको मौलिकतासँग जोडिएको यस्तो नाच नाच्न भने नयाँ पुस्ता अग्रसर नहुने गरेको देखिएको छ । यसका कारण पुस्तान्त्रण हुन आवश्यक रहेको उनको भनाइ रहेको छ । 

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ११ : २२ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र