१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या देखिए पनि उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर धाउनुपर्ने बाध्यता थियो। आर्थिक अभाव, लामो यात्रा र समयमै उपचार नपाउँदा दृष्टि गुमाउनुपर्ने जोखिम टार्दै सिरहाको लहानबाट सुरु भएको १२ शय्याको आँखा उपचार केन्द्र आज करोडौँ मानिसका लागि भरोसाको केन्द्र बनेको छ।

नेपाल नेत्रज्योति सङ्घको स्थापना (सन् १९७८) र क्रिस्टोफेड ब्लाइन्डेनमिसन (सिबिएम) को सहकार्यमा सन् १९८३ मा लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका सार्वजनिक जिल्ला अस्पतालमा १२ शय्याको आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको थियो। डा. ए. हेनिङ्गको ३० वर्षको निरन्तर सेवा र स्थानीय समाजसेवी छविलाल चौधरी, सरोवरलाल चौधरी र रवीन्द्रलाल चौधरीले उपलब्ध गराएको निःशुल्क जग्गाका कारण अस्पतालको आधारशिला तयार भएको थियो। पछि सिबिएमको आर्थिक तथा प्राविधिक सहयोगमा ५० शय्याको सगरमाथा चौधरी आँखा अस्पताल निर्माण भई सन् १९८६ मा तत्कालीन राजा वीरेन्द्र शाहबाट यसको उद्घाटन गरिएको थियो।

लहानको अनुभव र बढ्दो बिरामीको चापलाई मध्यनजर गर्दै सन् २००६ सेप्टेम्बर १३ मा विराटनगरमा पनि यसको शाखा स्थापना गरियो। सुरुमा पुरानो विमानस्थल नजिक भाडाको भवनबाट थालिएको सो सेवा पछि ३०० शय्याको अत्याधुनिक अस्पतालमा विस्तार भयो, जसको नयाँ भवनको उद्घाटन सन् २०११ मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवबाट भएको थियो।

करोडौँलाई सेवा, लाखौँको शल्यक्रिया

नेपाल नेत्रज्योति सङ्घको विवरणअनुसार स्थापनाकालदेखि सन् २०२५ सम्म यस प्रणालीअन्तर्गत १ करोड ६६ लाख ३१ हजार ९५० जनालाई ओपिडी सेवा प्रदान गरिएको छ भने २४ लाख ९९ हजार ८९३ वटा सफल शल्यक्रिया गरिएका छन्। केवल सन् २०२५ मा मात्रै १४ लाख ३१ हजार २८८ जनाले आँखा परीक्षण सेवा, १ लाख ३२ हजार २१३ वटा शल्यक्रिया र १ लाख ३३ हजार ३१६ जनाले चस्मा प्राप्त गरेका छन्।

अहिले यी अस्पतालहरूमा नेपालका विभिन्न जिल्लाबाट मात्र नभई भारत र बङ्गलादेशबाट समेत बिरामीहरू उपचारका लागि आउने गरेका छन्। गुणस्तरीय स्वास्थ्य सेवाका कारण लहान र विराटनगर क्षेत्रमा होटल, यातायात, औषधि पसललगायतका व्यावसायिक गतिविधि बढेसँगै स्थानीय आर्थिक विकासमा समेत टेवा पुगेको छ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ८ : ४० बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र