मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन


२९ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक समानता र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई जनही रु एक लाखका दरले कुल रु दुई लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।

‎छायाँनाथ रारा नगरपालिका दलित ऐन, २०८० अनुसार नगरपालिकामा आज औपचारिक कार्यक्रमको आयोजना गरी दुई जोडीलाई एक(एक लाखको चेक हस्तान्तरण गरी रकम उपलब्ध गराइएको हो ।

‎अन्तरजातीय विवाह गरी रु एक लाख सहयोग प्राप्त गर्नेमा छायाँनाथ रारा-१० झाकोट गाउँका विक्रमबहादुर नेपाली र पवित्रा चौलागाईं तथा वडा नं १३ थार्प गाउँका मानसिंह नेपाली र सरिता सेजुवाल रहेका नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिए ।

उनले जातीय विभेद् र छुवाछूत अन्त्य गरी सबै नागरिकले समान अधिकार र सम्मानका साथ बाँच्न पाउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । ‎नगरप्रमुख भामका अनुसार अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने तथा सामाजिक समानता कायम गर्ने उद्देश्यले नगरपालिकाले आर्थिक सहयोगको व्यवस्था गरि कार्यान्वयन गरेको हो ।

‎उपप्रमुख ऐश्वर्य मल्लले समाजमा विद्यमान जातीय विभेद हटाउन सबैको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताउँदै अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन गर्नाका साथै समतामूलक र विभेदमुक्त समाज निर्माणमा यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नगरपालिकाको यस पहलले अन्तरजातीय विवाह गर्ने जोडीलाई आर्थिक प्रोत्साहन मिल्नुका साथै सामाजिक सद्भाव अभिवृद्धि र जातीय विभेद न्यूनीकरणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छायांनाथ रारा नगरपालिकाले जनाएको छ । ऐन निर्माणसँगै छायांनाथ रारा नगरपालिकाले हालसम्म चार जोडीलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहिबार  ९ : ५६ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र