मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतमा विपक्षी दलको प्रदर्शन


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुर्‍याउन खोजिएको आरोप लगाउँदै भारतका विपक्षी दलले सोमबार सर्वोच्च अदालततर्फ र्‍याली निकालेका छन् ।

सप्ताहन्तमा प्रहरीले हजारौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएपछि मतदाता सूची पुनरावलोकनविरुद्धको आन्दोलन थप चर्किएको हो । विपक्षी सांसद तथा उनीहरूका समर्थकले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रधानन्यायाधीशसमक्ष निवेदन बुझाउने प्रयास गरेका थिए ।

गत वर्ष निर्वाचन अधिकारीहरूले मतदाता सूची पुनरावलोकन प्रक्रिया सुरु गरेपछि भारतमा विरोध प्रदर्शन चर्किएको हो । उक्त प्रक्रियाअन्तर्गत १३ करोडभन्दा बढी मतदाताका नाम हटाइएको घटनालाई लिएर ‘कक्रोच’ नामक युवा आन्दोलनको नेतृत्वमा प्रदर्शन भइरहेको छ ।

आलोचकहरूले मतदाता सूची पुनरावलोकन राजनीतिक उद्देश्यबाट प्रेरित रहेको आरोप लगाएका छन् । उनीहरूका अनुसार यस प्रक्रियाले वास्तविक र योग्य मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न सक्छ । तर, मोदीको दल भाजपा र निर्वाचन आयोगले मतदाता सूचीमा हेरफेर गरिएको आरोप अस्वीकार गरेका छन् । उनीहरूले दोहोरिएका तथा अयोग्य मतदाताका नाम हटाउन सूची पुनरावलोकन आवश्यक रहेको दाबी गरेका छन् ।

प्रदर्शनलाई ध्यानमा राख्दै अधिकारीहरूले सोमबार नयाँ दिल्लीका छवटा मेट्रो स्टेसन बन्द गरेका थिए । प्रदर्शनका कारण राजधानीको यातायात व्यवस्था प्रभावित हुन सक्ने चेतावनीसमेत दिइएको थियो ।

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले प्रदर्शनलाई संविधानको रक्षाका लागि भइरहेको सङ्घर्षका रूपमा व्याख्या गरेका छन् । नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘हामी पछि हट्ने छैनौँ ।’

यसअघि सप्ताहन्तमा प्रहरीले नयाँ दिल्लीमा ‘कक्रोच’ आन्दोलनका नेतासहित हजारौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो । समाचारअनुसार यही समूहको नेतृत्वमा गत जुलाईमा भएको विरोध प्रदर्शनपछि मोदी सरकारका शिक्षामन्त्रीले राजीनामा दिनुपरेको थियो ।

प्रधानमन्त्री मोदीले पछिल्लो विरोध प्रदर्शनबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि, उनको दलका नेताहरूले प्रदर्शनको आलोचना गरेका छन् । केही नेताले प्रदर्शनकारीलाई ‘अराजकतावादी’ समेत भनेका छन् ।

मतदाता सूची पुनरावलोकनको विषयले भारतमा निर्वाचनको निष्पक्षता, मताधिकारको सुरक्षा र निर्वाचन आयोगको भूमिकाबारे राजनीतिक विवाद थप चर्काएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ५ : २४ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र