पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा १८ थान भरुवा बन्दुक प्रहरीले फेला पारेको छ । 

विशेष सूचनाका आधारमा यही असोज २३ गतेका दिन पञ्चपुरी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका प्रहरी निरीक्षक भूपेन्द्र शाहीसहित मातहत इलाका प्रहरी कार्यालय गुटुसमेतबाट खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका–७ सुर्खेतस्थित सान्नेघारीको जङ्गलमा लुकाइछिपाइ राखेका अवस्थामा पाँच थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।

त्यसैगरी, अस्थायी प्रहरी चौकी लगामबाट खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका–१ सुर्खेत धामिसेनस्थित जङ्गलमा लुकाइछिपाइ राखेको अवस्थामा १२ थान र प्रहरी चौकी रानीघाटबाट खटिएको प्रहरी टोलीले बराहाताल गाउँपालिका–१ सुर्खेतस्थित ज्यामिरेको जङ्गलमा लुकाइछिपाइ राखेको एक थान भरुवा बन्दुक गरी जम्मा १८ नाल भरुवा बन्दुक फेला पारेको प्रहरी नायब उपरीक्षक बोहोराले बताए । 

उनका अनुसार फेला पारिएका भरुवा बन्दुक रितपूर्वक बरामद गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ६ : १६ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र