विश्वव्यापी लगानीकर्तालाई सेमिकन्डक्टर उद्योगमा ठूलो लगानी गर्न मोदीको आह्वान


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ दिल्लीमा आयोजित तीनदिने ‘सेमिकन इन्डिया’ सम्मेलनको उद्घाटन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी लगानीकर्ताहरूलाई सेमिकन्डक्टर (चिप) उद्योगमा ठूलो लगानी गर्न आह्वान गरेका छन् । अमेरिकाकाठूला प्रविधि कम्पनीहरूले अर्बौं डलर लगानी गर्ने प्रतिबद्धता जनाएसँगै मोदीले भारतलाई विश्वको भरपर्दो उत्पादन केन्द्रका रूपमा उभ्याउने अपेक्षा व्यक्त गरेका हुन् ।

भारतलाई चिप निर्माणको वैश्विक मानचित्रमा स्थापित गर्ने उद्देश्यले आयोजित यस सम्मेलनमा मोदीले विशाल इन्जिनियरिङ जनशक्ति र उद्योगमैत्री नीतिको लाभ लिन लगानीकर्तालाई आग्रह गरे । कृत्रिम बौद्धिकता (एआई) को बढ्दो लहरसँगै विश्व बजारमा चिप्स र यसका उत्पादनहरूको माग तीव्र रूपमा बढिरहेका बेला भारतले उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखेको छ।

सम्मेलनमा अमेरिकी कम्पनी अपलाइड मटेरियल्सले आगामी दशकमा ५ अर्ब डलर र ल्याम रिसर्चले १ अर्ब डलर लगानी गर्ने घोषणा गरेका छन्। यसअघि टाटा समूह, मुरुगप्पा समूह र अमेरिकी कम्पनी माइक्रोन टेक्नोलोजीले भारतमा उत्पादन तथा प्याकेजिङका कामहरू अगाडि बढाइसकेका छन् भने टाटाले गुजरातमा निर्माण गरिरहेको चिप फ्याब्रिकेशन प्लान्ट सन् २०२८ को सुरुवातमै सञ्चालनमा आउने तयारीमा छ।

कृषिक्षेत्रका जनशक्तिको जीवनस्तर उकास्न र उच्च मूल्य अभिवृद्धि गर्ने प्रविधिजन्य उद्योगहरूलाई बलियो बनाउन भारत सरकारले यसअघि नै करिब १.९ लाख करोड रुपैयाँको अनुदान घोषणा गरिसकेको छ। ताइवान र दक्षिण कोरिया जस्ता देशहरूले दशकौं लगाएर विकास गरेको चिप निर्माण क्षेत्रमा भारत भर्खरै प्रवेश गरेको भए पनि यसले आपूर्ति शृङ्खलाका सबै तहमा घरेलु उद्योग विकास गर्ने गति तीव्र बनाएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ६ : ०३ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र