भारतमा बाढीपहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- उत्तरी भारत र नेपालमा पछिल्ला तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको छ । भारतको सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य उत्तर प्रदेशमा तीन दिनयता बाढी र वर्षासम्बन्धी घटनामा ५६ जनाको मृत्यु भएको छ । राहत आयुक्तको कार्यालयका अनुसार एक हजारभन्दा बढी घरमा क्षति पुगेको छ ।

यता, गत अगस्ट २६ को विनाशकारी बाढीबाट प्रभावित नेपालमा पुनः बाढी र पहिरोको नयाँ शृङ्खला सुरु भएको छ । नेपालका विपद् व्यवस्थापन अधिकारीका अनुसार बिहीबारयता बाढी तथा पहिरोका घटनामा १२ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन् । वैज्ञानिकहरूले हालका वर्षमा दक्षिण एसियामा चरम मौसमी घटनाको आवृत्ति र तीव्रता बढ्दै गएको चेतावनी दिँदै आएका छन् ।

उनीहरूले यसलाई जलवायु परिवर्तन र बढ्दो तापक्रमसँग जोडेर हेरेका छन् । गत महिना चीन–नेपाल सीमाक्षेत्रमा हिमनदीसहितको पहाड खस्दा आएको विनाशकारी बाढीमा एक हजार ४०० भन्दाबढी मानिसको मृत्यु भएको थियो भने हजारौँ बेपत्ता भएका थिए ।

उत्तर प्रदेशमा जुनदेखि सेप्टेम्बरसम्म रहने मनसुनका बेला हरेक वर्ष भारी वर्षा र आँधीबेहरीका घटना दोहोरिने गर्छन् । अधिकारीका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीस्थल भागतर्फ सर्दा वर्षाको तीव्रता बढेको हो, जसका कारण अत्यधिक वर्षा भई मानवीय तथा भौतिक क्षति भएको छ ।

राज्यमा शुक्रबारदेखि आइतबारसम्म ६६.५ मिलिमिटर वर्षा मापन गरिएको छ, जबकि यस अवधिको औसत वर्षा ७.६ मिलिमिटर मात्र हुने गर्दछ । भारी वर्षाले कृषिक्षेत्रमा व्यापक असर परेको छ । बालीनालीमा क्षति पुगेपछि किसानले आगामी सिजनको खेती प्रभावित हुने चिन्ता व्यक्त गरेका छन् ।

यसैबीच, भारतको पूर्वी राज्य ओडिसामा भारी वर्षाका कारण नदीहरूको जलस्तर बढेपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने ७० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । पुल तथा कल्भर्टमा क्षति पुगेपछि लोकप्रिय पर्यटकीय गन्तव्य ‘देवकुण्ड’ पनि अस्थायी रूपमा बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लामो गर्मीयामपछि मनसुन सुरु भएसँगै भारतमा हरेक वर्ष बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद्ले ठूलो जनधनको क्षति पुर्‍याउने गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ७ : ११ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र