कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो « Khabarhub

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४३ वटा ढोका खोलिएका छन् ।

पछिल्लो विवरणअनुसार बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्यूसेक पुगेको छ।

कोशी ब्यारेजमा पानीको बहाव बढेपछि सर्वसाधारणलाई सचेत गराउन जोखिमको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बालिएको छ । जलसतह निरन्तर बढिरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ ।

यसैगरी, तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा सङ्कलन गर्ने काम नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ९ : ११ बजे

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको