स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विद्यमान कानुनी व्यवस्थामा संशोधन प्रक्रिया अघि बढाएको छ ।

स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार तथा स्वास्थ्य संस्थामा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्दै सुरक्षित कार्य वातावरण सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संसद् सचिवालयमा दर्ता गराएको हो ।

मन्त्रालयबाट अघि बढाइएको उक्त विधेयकलाई मन्त्रिपरिषद्को २०८३ भदौ २९ गते बसेको बैठकले संसद्मा पेस गर्न स्वीकृति दिएको थियो । मन्त्रिपरिषद्बाट स्वीकृति पाएपछि विधेयक संसद् सचिवालयमा दर्ता गरिएको हो ।

स्वास्थ्य सेवाको नियमित, भरपर्दो, मर्यादित र प्रभावकारी प्रवाहका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा आवश्यक रहेको भन्दै मन्त्रालयले विद्यमान कानुनी संरचनालाई समयसापेक्ष बनाउन संशोधन प्रक्रिया अघि बढाएको जनाएको छ ।

मन्त्रालयले स्वास्थ्यकर्मीको पेसागत सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षित र सम्मानित कार्य वातावरण सुनिश्चित गर्न आवश्यक कानुनी सुधारलाई अघि बढाएको हो । विधेयक संसद्को प्रक्रियामा प्रवेश गरेसँगै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कानुनी व्यवस्थालाई थप प्रभावकारी बनाउने बाटो खुलेको छ ।

स्वास्थ्यमन्त्री निशा मेहेताले स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानित वातावरणमा काम गर्न सक्ने अवस्था सुनिश्चित गर्नु स्वास्थ्य सेवाको गुणस्तर र निरन्तरतासँग प्रत्यक्ष जोडिएको विषय भएको बताए ।

“स्वास्थ्यकर्मी सुरक्षित र सम्मानित वातावरणमा काम गर्न सक्ने अवस्था सुनिश्चित गर्नु स्वास्थ्य सेवाको गुणस्तर र निरन्तरतासँग प्रत्यक्ष जोडिएको विषय हो । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा बलियो बनाउन आवश्यक कानुनी सुधारलाई मन्त्रालयले प्राथमिकताका साथ अघि बढाएको छ,” उनले भने ।

मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्य कानुनलाई समेत समयसापेक्ष बनाउन तीनवटा संशोधन विधेयक अघि बढाएको जनाएको छ । तीमध्ये ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन’ र ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुसम्बन्धी ऐन’ संशोधनका विधेयकसमेत मन्त्रिपरिषद्बाट स्वीकृत भई संसद् सचिवालयमा दर्ता भएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ८ : ३१ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र