पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ? « Khabarhub

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?


३१ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्ग एवं सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीद्वारा जारी भदौ ३१ गते बिहान ६ बजेसम्मको अद्यावधिक विवरणअनुसार बागमती र कर्णाली प्रदेशका मुख्य सडकहरूमा अवरोध कायमै रहेको छ।

बागमती प्रदेशअन्तर्गत काभ्रेको बिपी राजमार्गस्थित खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा १० टनसम्मका मालवाहक सवारी साधन साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन हुनेछन्। अन्य सवारी साधन भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको विचार गरी सञ्चालन गरिनेछ। रसुवाका मुख्य राजमार्गहरू बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्।

नुवाकोटको टोखा-छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका-८ घण्टेखोलामा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ भने पसाङ ल्हामु सडक खण्डको विदुर-१० सिमटारमा बाढीका कारण सडक पूर्ण रूपमा बन्द छ।

धादिङस्थित पृथ्वी राजमार्गको बेनिघाट रोराङ-७ कृष्ण भिरमा पहिरो जाँदा यातायात पूर्ण रूपमा ठप्प भएको छ। सोही गाउँपालिकाको जवाङखोला र शितलबजार क्षेत्रमा भने पहिरो हटाई सडक एकतर्फी सुचारु गरिएको छ। चितवनको नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत तुइनखोलामा सडक मर्मतका कारण गाडीको चाप हेरेर एकतर्फी रूपमा गाडी सञ्चालन भइरहेको छ।

यसैगरी कर्णाली प्रदेशअन्तर्गत हुम्लाको कर्णाली करिडोरमा पर्ने सर्केगाड गाउँपालिका-६ खरीखेतमा गएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार  ७ : १० बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला