संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल


२७ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता हुनुपर्नेमा जोड दिएका छन् । आज वीरगञ्जमा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, सङ्घीयता, समावेशितालगायत प्राप्त संवैधानिक अधिकार संरक्षण गर्दै नागरिकका हक पूर्ण कार्यान्वयनका लागि पनि परिवर्तनकारी शक्तिबीचको कार्यगत एकताको आवश्यकता औँल्याए ।

सहसंयोजक नेपालले भने, “संविधान सामान्य परिवर्तनबाट आएको होइन, अहिलेको संविधानको रक्षा गर्न राजनीतिक दलबीच एकता, सहकार्य र समन्वय आवश्यक छ । जनतालाई सुशासनसहितको सेवा प्रवाहमा सबै एक भई अगाडि बढ्नुको विकल्प छैन ।” उनले आदिवासी महिला, जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पिछपिडएको क्षेत्रलगायत सिमान्तृकत समुदायको संवैधानिक अधिकार संरक्षण गर्नु हामी सबैको दायित्व हो भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सहसंयोजक वर्तमान सरकारप्रति जनताको तीव्र आकाङ्क्षा भएकाले जनताको चाहनाअनुसार काम गर्नुपर्ने धारणा राखे । यही भदौ १० गतेको भोटेकोशी बाढीपछि बेपत्ताको खोजी र उद्धारमा सरकारले थप तीव्रता दिनुपर्ने उनको भनाइ छ ।

नेपालले भने, “देश अहिले विपत्मा छ, हिमाली बाडीका कारण ठूलो जनधनीको क्षति भएको छ । खोजी कार्यमा सरकारले उपलब्ध स्रोतसाधन, विभिन्न सङ्घसंस्था तथा राजनीतिक दललाई पनि उद्धार र राहतमा खटाउन सक्नुपर्छ ।” उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्नुपर्ने माग पनि गरे ।

प्रकाशित मिति : २७ भदौ २०८३, शनिबार  ५ : ०५ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र