कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता


६ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको कटानबाट हुने क्षति रोक्न तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज वराहक्षेत्र मन्दिरको स्थलगत अवलोकनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले कोशी कटान नियन्त्रणका लागि तत्काल आवश्यक काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नदी कटानको दीर्घकालीन नियन्त्रणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० अनुसार काम गरिने उनले उल्लेख गरे । वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले कोशी नदीको निरन्तर कटान र बाढीजन्य जोखिमका कारण बराहक्षेत्र मन्दिर क्षेत्रका धार्मिक तथा ऐतिहासिक संरचना जोखिममा परेको भन्दै मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा चतरा हुँदै वराहक्षेत्र मन्दिर पुग्ने सडक साँघुरो हुनुका साथै वर्षायाममा पहिरोका कारण पटकपटक अवरुद्ध हुँदा तीर्थयात्रीलाई समस्या हुने भएकाले सडक स्तरोन्नति गर्न माग गरिएको छ । धार्मिक क्षेत्रको संरक्षण र स्थानीय जनजीविकासँग जोडिएका समस्यालाई राष्ट्रिय प्राथमिकतामा राख्नसमेत ज्ञापनपत्रमा आग्रह गरिएको छ ।

यसअघि मन्त्री श्रेष्ठले भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित सुनसरी खोला, भोक्राहा नरसिंहको सवस्टेसन, चतरा जलविद्युत् केन्द्र तथा सुनसरी–मोरङ सिँचाइ आयोजना न्यूइन्टेकको समेत स्थलगत अनुगमन गरेका थिए ।

प्रकाशित मिति : ६ भदौ २०८३, शनिबार  १० : १८ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र