अल जजीराको पहुँचमा कडाइ गरेपछि पाकिस्तान आलोचित


२१ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तान प्रशासित कश्मीरमा भएको व्यापक प्रदर्शन र चुनावसम्बन्धी हिंसाको कभरेजपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजीराको प्रसारण तथा डिजिटल पहुँचमा प्रतिबन्ध लगाइएको समाचार बाहिरिएसँगै पाकिस्तानमा प्रेस स्वतन्त्रताको विषयलाई लिएर गम्भीर प्रश्नहरू खडा भएका छन् । कतारस्थित यस न्युज नेटवर्कले मुजफ्फराबादबाट सुरक्षा कारबाही, नागरिक प्रदर्शन र राजनीतिक अस्थिरतालाई समेटेर शृंखलाबद्ध रिपोर्टहरू प्रकाशित गरेलगत्तै पाकिस्तानभर अल जजीराको अंग्रेजी वेबसाइटमा पहुँच बन्द गरिएको दाबी गरिएको छ ।

यद्यपि पाकिस्तानी सरकारले यो समाचार नेटवर्कमाथि कुनै पनि प्रतिबन्ध लगाएको औपचारिक रूपमा स्वीकार गरेको छैन । तर अधिकारकर्मीहरू, विपक्षी नेताहरू र इन्टरनेट प्रयोगकर्ताहरूले भने त्यसबारे तीब्र आक्रोश पोखेका छन्। अधिकारीहरूतर्फबाट कुनै पनि आधिकारिक सूचना जारी नगरिए तापनि यसअघि केही स्थानीय तथा क्षेत्रीय डिजिटल समाचार प्लेटफर्महरूमा पनि यस्तै प्रकारका अवरोधहरूको सामना गर्नुपरिरहेको रिपोर्टहरू आएका थिए ।

सामाजिक सञ्जालमा पाकिस्तानभरका प्रयोगकर्ताहरूले अल जजीराको वेबसाइटमा पहुँच पाउन छाडेको बताएपछि प्रतिबन्धका यी दाबीहरू सार्वजनिक रूपमा बाहिर आएका हुन् । अधिकारकर्मीहरूले यो देखिएको अवरोधलाई उक्त प्रसारणकर्ताको पीओकेसम्बन्धी विस्तृत रिपोर्टिङसँग जोडेपछि ती आरोपहरूले व्यापक चर्चा पाएका छन्। यसरी आवाज उठाउनेहरूमा जम्मु कश्मीर लिटरेसन फ्रन्ट (जेकेएलएफ) एजेके-जीबी जोनका पूर्व उपमहासचिव सोहाइब खान पनि रहेका छन्। उनले स्वतन्त्र मिडियालाई दबाएर सत्य लुकाउन नसकिने भन्दै आपत्ति जनाएका छन्।

उनको यो भनाइलाई लण्डनमा बस्दै आएकी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) की नेत्री फैजा मुरादले पनि प्रतिध्वनि गर्दै कडा आलोचना गरेकी छन्। पछिल्लो समय देखिएको यो अवरोधले पीओकेको संकट सम्हाल्ने मामिलामा अन्तर्राष्ट्रिय स्तरबाट बढ्दो दबाब खेपिरहेको पाकिस्तानमा प्रेस स्वतन्त्रतामाथिको चिन्तालाई अझ गहिरो बनाएको छ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहिबार  ४ : ३३ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र