अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने पक्राउ


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज – प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित आरपी फार्मास्युटिकल्स प्रालिमा अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ भइरहेको अवस्थामा फर्म सञ्चालक राहुलकुमार चौहानलाई आज नियन्त्रणमा लिइएको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु कार्की र वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक नवीन थापामगरको संयुक्त टोलीले फर्ममा जाँच तथा खानतलासी क्रममा सञ्चालक चौहानलाई नियन्त्रणमा लिएको उनको भनाइ छ ।

उनले भने, “फर्ममा जाँच तथा खानतलासी क्रममा अनुमतिबिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ भइरहेको पाइएको छ, त्यस क्रममा भेटिएका औषधिजन्य सामग्री तथा अन्य आवश्यक प्रमाणसमेत नियन्त्रणमा लिइएको छ, आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको छ ।”

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ९ : ०७ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र