लिभरपुलमाथि लिड्सको पुनरागमन जित, ४–२ गोल अन्तरले पराजित


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाको सिकागोमा भएको प्रिसिजन मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुल स्तब्ध बनेको छ। दुई गोलको अग्रता जोगाउन नसक्दा लिभरपुल लिड्स युनाइटेडसँग ४–२ गोल अन्तरले पराजित भएको हो।

खेलको पहिलो हाफमा एन्डोनी इराओलाको टोली लिभरपुलले उत्कृष्ट प्रदर्शन गर्दै २–० को अग्रता बनाएको थियो। खेलको सातौँ मिनेटमै २२ वर्षीय डिफेन्डर लुक च्याम्बर्सले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। डोमिनिक सोबोस्लाईको कर्नरलाई परिमार्जित गर्दै च्याम्बर्सले बललाई जाली चुकेका थिए। हाफ टाइमभन्दा पाँच मिनेट अघि जेरेमी फ्रिमपोङको पासमा फ्लोरियन भर्ट्जले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा लिड्सले खेलमा अप्रत्यासित पुनरागमन गर्‍यो। ६० औँ मिनेटमा लिभरपुलका मिलोस केर्केजको गल्तीको फाइदा उठाउँदै ब्रेन्डेन एरन्सनले लिड्सका लागि पहिलो गोल गरे। त्यसपछि एथान एम्पाडुको लामो थ्रो-इनलाई सदुपयोग गर्दै डोमिनिक काल्भर्ट-लेविनले खेल २–२ को बराबरीमा ल्याए।

बराबरी लगत्तै कर्टिस जोन्सको असावधानीका कारण सिन लङस्टाफले गोल गर्दै लिड्सलाई ३–२ को अग्रता दिलाए। खेल सकिन पाँच मिनेट बाँकी छँदा पुनः एम्पाडुकै थ्रो-इनमा लिभरपुलको रक्षापंक्ति सम्हालिन नसक्दा काल्भर्ट-लेविनले व्यक्तिगत दोस्रो गोल गर्दै लिड्सको ४–२ को जित सुनिश्चित गरे।

यसैबीच, खेलका क्रममा असहज महसुस गर्दै मैदानबाट बाहिरिएका लिभरपुलका विङ्गर जेरेमी फ्रिमपोङको चोटलाई लिएर समर्थक चिन्तित बनेका थिए। तर, टोलीका मुख्य प्रशिक्षक एन्डोनी इराओलाले फ्रिमपोङ गम्भीर घाइते नभएको स्पष्ट पारेका छन्।

“उनलाई निकालिएको विषय चोटका कारण होइन जस्तो लाग्छ, सामान्य शारीरिक ओभरलोड मात्र हो,” खेलपछि क्लब मिडियासँग कुरा गर्दै इराओलाले भने, “दोस्रो हाफको नतिजा सोचेजस्तो नरहे पनि यस खेलबाट धेरै पाठ सिकेका छौँ र रक्षापंक्तिका कमजोरीहरू सुधार्नेछौँ।”

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ११ : १८ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र