आज २०८३ साल साउन १२ गते मंगलबारको राशिफल


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल साउन १२ गते मंगलबार सन् २०२६ जुलाई २८ तारिख। असार शुक्ल पक्षको चतुदर्शी तिथि । विश्व हेपाटाइटिस दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। राजनीतिमा प्रगति हुनेछ। मित्र बढ्नेछन्। परिवारमा मेलमिलाप हुने योग छ।

वृष : दिन सामान्य छ। आफन्त टाढा पुग्नेछन्। बोलीमा सतर्कता अपनाउनुपर्नेछ। व्यापार व्यवसायमा घाटा हुनेछ। एक्लोपन महसुस हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्छ। मनमा चिन्ता बढ्नेछ।

मिथुन : दिन राम्रो छ। सोचेको काम बन्नेछ। आज पश्चिमको दुईपाङ्गे यात्रामा नजानु होला। इष्टमित्रको साथ मिल्नेछ। कारोबारमा भने घाटा लाग्ने भएकाले सचेत बन्नु उपयुक्त हुन्छ।

कर्कट : दिन सामान्य छ। आफ्नै बोलीका कारणले समस्यामा पर्ने जोखिम रहेकाले बोल्दा सचेत बन्नुहोला। परिवारमा मनमुटाव हुनसक्छ। बन्धुसँग गरेको सहकार्यले व्यापारमा फाइदा हुनेछ। राजनीतिमा हात नहाल्नु उपयुक्त हुनेछ।

सिंह : दिन सामान्य छ। अरुको काममा धेरै समय खर्चनुपर्नेछ। स्वास्थ्यमा समस्या देखिन सक्छ। शिक्षाको क्षेत्रमा सन्तोषजनक नतिजा प्राप्त हुनेछ। प्रशंसा गर्ने बढ्नेछन्। स्वदेशमै विकल्प देखिनेछ।

कन्या : दिन राम्रो छ। आज दीर्घकालीन योजना बन्नेछन्। ठूला व्यक्तिको सहयोगबाट गरेको काममा फाइदा हुनेछ। परिवारमा घुमघामको योजना बन्नेछ। तर स्वास्थ्यमा भने समस्या देखिने जोखिम छ ।

तुला : दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपमा कायम गर्न सके काम बन्नेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक रमझममा मन जानेछ। परिवारमा समय दिनुपर्ने दिन छ।

वृश्चिक : दिन राम्रो छ। आम्दानीको स्रोत बलियो बन्नेछ। शिक्षामा गरेको अथक प्रयासले सार्थकता पाउनेछ। आफ्ना र आफन्तसँग तर्क नगर्नु राम्रो हुनेछ। परिवारको साथ सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका लागि खानपानमा विशेष ख्याल गर्नुपर्नेछ।

धनु : दिन राम्रो छ। संयुक्त लगानीबाट फाइदा हुनेछ। दाम्पत्य जीवनमा भने खटपटी आउन सक्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीले उत्साह थपिनेछ। धार्मिक कार्यमा मन जानेछ।।

मकर : दिन सामान्य छ। राजनीतिक क्षेत्रमा घेराबन्दी हुनेछ। आलोचना गर्नेहरु बढ्नेछन्। परिवार र आफन्तको भने राम्रो साथ मिल्नेछ। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा सचेत हुनुपर्नेछ।

कुम्भ : दिन राम्रो छ। आज यात्रामा समय वित्नेछ। शिक्षामा लाभ मिल्नेछ। परिवारभन्दा बाहिरबाट साथ मिल्नेछ। दाम्पत्य जीवनमा केही सकारात्मक साथ मिल्नेछ।

मीन : दिन राम्रो छ। शिक्षाको क्षेत्रका सुधारका संकेत देखिनेछन्। बोल्दा सचेत हुनुपर्नेछ। परिवारको साथ सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ५ : १२ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र