चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न मन्त्रालयको आग्रह


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड तथा चिकित्सकमाथिको आक्रमणप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर दुःख व्यक्त गर्दै यस्ता घटनाप्रतिुशून्य सहनशीलताको नीति पुनः दोहोर्‍याएको छ ।

सोमबार मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएका बिरामीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ । साथै उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

मन्त्रालयले उपचारका क्रममा कुनै अप्रिय घटना भए त्यसको छानबिनका लागि प्रचलित कानुनी व्यवस्था रहेको उल्लेख गर्दै कानून हातमा लिएर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नु कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट गरेको छ ।

विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीले निर्भय,सुरक्षित र उच्च मनोबलका साथ सेवा दिन पाउने वातावरण सुनिश्चित गर्नु सरकारको दायित्व रहेको उल्लेख गर्दै अस्पताल प्रशासन,स्थानीय प्रशासन र सुरक्षा निकायलाई घटनामा संलग्न दोषीको पहिचान गरी कानुनी कारबाही गर्न आग्रह गरिएको छ ।

मन्त्रालयले सबै अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निरन्तर सेवा प्रवाहमा लागिरहन आग्रह गर्दै नागरिकलाई पनि अस्पतालको सेवा प्रणाली सुधारमा सहयोग गर्न अपिल गरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ३ : २५ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र